पदको दुरुपयोग गर्दै सरकारी रकममा घरायसी सामग्री खरीद

admin

इनरुवा, ३० असोज : सुनसरीको रामधुनी नगरपालिकाका सहायक लोखापाल मंसा चौधरीले पदको दुरुपयोग गर्दै आर्थिक वर्ष २०७४÷०७५ मौ रामधुनी नगरपालिकाको बजेटमा विभिन्न घरायसी सामग्री खरीद गरेको पाइएको छ ।

उहाँले गत मङ्सिर २५ गते रु आठ हजार ४०० को सागसब्जी र रु १४ हजार ४०० को कागती, मङ्सिर १७ गते शिखर सुज हाउसबाट रु दुई हजार ६१० मा जुत्ता खरीद गरेको र ती सामान कुन प्रयोजनका लागि खरिद गरिएको हो भन्ने कुरा नखुलाइएको आन्तरिक लेखा छानबिन समितिको प्रतिवेदनले देखाएको छ ।
त्यसैगरी सहायक लेखापाल चौधरीले गत कात्तिक १९ गते विराट आयुर्वेद फर्माबाट रु एक हजार १८६ को फेसवास, सु पाउडर, फेस प्याक, घ्यु, सिधे नूनलगायतका सामान, कात्तिक २१ गते सुपर सेन्टर विराटनगरबाट रु दुई हजार ४०० को लेडिज ब्याग पनि खरिद गरेको प्रतिवेदनमा उल्लेख छ ।

ती सामान आफ्नो प्रयोगका लागि नभई हाकिमहरुको प्रयोगका लागि खरीद गरेको प्रतिक्रिया दिँदै उहाँले हाकिमहरुले आफूलाई विविध खर्चबाट सामान खरीद गरिदिनका लागि भनेका कारण खरीद गरिदिएको बताउनुभयो । यस विषयमा प्रमुख प्रशासकीय अधिकृत अम्विकाप्रसाद चौलागाईसँग जानकारी लिन खोज्दा उहाँको मोबाइल स्विच अफ थियो ।  अजितकुमार झा रासस

प्रतिक्रिया