पाँच लाख धरौटीमा रिहा भएका राजेन्द्र खड्गी भन्छन्, ‘म निर्दोष छु।’ [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। कुनै जमानाका एक चर्चित खलपात्रका रूपमा परिचित राजेन्द्र खड़गिलाई लामो समयको अंतरालपछि अन्तर्वार्तामा निकै देखिन थालेका छन्। भर्खरै मात्र उनी जेल मुक्त भएर स्वतन्त्र भएका छन्। मानव बेच बिखनको अभियोगमा उनी जेल गए पनि उनले भने यो कुरा स्वीकार गरेका छैनन्। उनको प्रसस्त जगाजमिन साथै धनसम्पत्ति नभएको भए सायद उनले यस्तो काम गरे होला भन्न पनि सकिन्थ्यो। उनी भन्छन् , ‘मलाई खानलाउन केहि दुख छैन म फसेको मात्र हो। मैले यस्तो घृणित काम गरेको छैन।’

चलचित्र जगतका चर्चित खलपात्रका रुपमा उनी चिरपरिचित छन्। कुनै समय त राजेन्द्र खड्गीले एक हातले नै एकै चोटीमा राँगा ढाल्छन् रे भनेर रयुमर फैलिएको थियो। यहाँबाट पनि प्रष्ट हुन्छ कि उनी चलचित्रमा मात्र होइन रियल लाइफमा पनि बलवान थिए। उनी हाल चलचित्रबाट ओझेल परेका छन्। आफ्ना गुरुका लागि बरु उनी आफै एक चलचित्र निर्माण गर्नमा व्यस्त छन्। त्यसको लागि उनको करोडौ लगानी समेत लागिसकेको उनले बताए।

चलचित्रमा अभिनय क्षण सम्झिदै उनले भने , त्यो बेला अहिलेको जस्तो थिएन। निर्देशन गर्नेले जे भन्यो त्यहि गर्नु पर्थ्यो।’ त्यति बेला एउटै प्रकारको चलचित्र बन्ने उनले बनाए। उनि संगैका समकालीन नायक नायिकालाई सम्झिदै उनले अहिले र पहिलाको चलचित्र निर्माण गर्दाको फरक प्रस्ताए। उनको अनुसार राजेश हमाल महानायक होइनन्। उनी भन्छन् ,’महानायक हुन ब्याक तु ब्याक चलचित्रमा अभिनय गरि राख्नुपर्छ।’

मानव तस्करीको आरोपमा जेल सजाए भोगेर आएका राजेन्द्रले त्यहा बसेको अनुभव समेत सुनाए। ५ लाख धरौटीमा रिहा भएका राजेन्द्र भन्छन् ,’ सर्वोच्चले उक्त पैसा मलाई फिर्ता गर्यो।’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू