पुर्वेली गायक देवकुमार मगरको “एक जमानामा” [हेर्नुहोस भिडियो सहित]

admin

काठमाडौँ, ३१ असोज : गायक देव कुमार मगरको अवाजमा स्वरबद्ध “एक जमानामा” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक देवकुमार मगरको शब्द तथा चन्दु गोरखालीको एरेन्ज रहेको छ । विगतलाई सम्झिएर गायक देव कुमारले आफनो विगतको प्रेमलाई समेटेर गीतमा ब्यक्त गरेको बताए । प्रेम र विछोडको त्रिवेणीको रुपमा गीतलाई लिन सकिन्छ ।

राहुल राईको छायाँकन, अनिल कुमार मर्हजनको सम्पादन, कुल केसीको निर्देशन भिडियोमा रहेको छ । “एक जमानामा” गीतको भिडियोमा सितल केसी, दिपेन्द्र श्रेष्ठ , विजय श्रेष्ठ, पुजा भण्डारी, सिर्जना कार्की, डिम्पी ठकुरीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया