पोखरा–बाग्लुङ राजमार्गमा ट्राफिक प्रहरी पोष्ट

admin

कास्की, ५ कात्तिक : पोखरा महानगरपालिका वडा नं ५ स्थित पोखरा–बाग्लुङ भूपि शेरचन राजमार्गमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको छ । राजमार्गको जिरोकिमीदेखि विन्ध्यवासिनी मन्दिरसम्मको तीन किलोमिटर सडकमा दिनहुँ हुने दुर्घटना न्यूनीकरण गर्न उक्त महानगरले राजमार्ग संगैको चिल्ड्रेन पार्कमा प्रहरी पोष्ट स्थापना गरेको हो ।

पोखराको अन्य क्षेत्रको तुलनामा सो सडक खण्डमा दुर्घटना बढेकाले त्यसलाई कम गर्न प्रहरी पोष्ट स्थापना गरिएको उक्त वडाका वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिनुभयो । दुई वर्षअघि सो सडक फराकिलो बनाएर चार लेनको बनाएपछि दुर्घटना पनि बढ्दै आएकाले स्थानीयवासी सधँै त्रासमा बस्नुपरेको सोही स्थान निवासी मीनबहादुर जिसीले बताउनुभयो ।

रु १४ लाख २५ हजारको लागतमा निर्माण भएको तीन कोठाको उक्त पोष्टमा हाल प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० ट्राफिक प्रहरीको दरबन्दी राखिएकोे जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया