प्रम ओलीको फोटोमा कुकुरको टाउको जोडेर पोष्ट गर्ने भारतमा, शेयर गर्ने १६ वर्षीय ढकाल कुकर तिहार देखि जेलमा [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर  :  नेवीसंघका कार्यकर्ता कृष्ण ढकाललाई प्रधानमन्त्री केपी ओलीको तस्बिर सामाजिक संजालमार्फत शेयर गरेका कारण कार्तिक २० गते पक्राउ गरिएको थियो। पक्राउ परेका ढकालले कुकुर तिहारको दिनमा ओलीको फोटोमा कुकुरको टाउको जोडेर अरुले हालेको तस्बिर शेयर गरेका थिए।

उनलाई घरमा काम गरिरहेको अबस्थामा प्रहरीले कुकुर तिहारको साझ पक्राउ गरेको थियो।  त्यसपछि नेवीसंघका अन्य कार्यकर्ताहरुले  विरोध गर्दै आन्दोलन गरेका छन्। उनीहरुले किष्णको रिहाईको माग गर्दै पुत्ला जलाएका थिए। उनीहरुले दुई दिन काभ्रेका स्कुल बन्द समेत गरेका थिए।

काभ्रेका नेवीसंघका जिल्ला सभापती निर्पेस बाढेले स्कुल स्कुलमा गएर जनचेतना जगाउनका लागि क्याम्पियन खोल्ने योजना रहेको बताए। उक्त क्याम्पियनमा अहिलेका बाल-बालिकालाई सामाजिक संजाल चलाउँदा के के कुरामा ध्यान पुर्याउन पर्ने भन्ने कुरा सिकाउने बाढेको भनाई छ।

केन्द्रको निर्देशनमा २८ गते छक्का जाम गर्ने कार्यक्रम रहेको सभापति निर्पेशले बताए। उनले भने, ‘हामीहरुले यस्ता विरोध रहरले हैन बाध्यताले गरेका हौ। १६ वर्षीय किशोरलाई तस्बिर शयेर गरेको भरमा तिहारको मुखमा घरमै गएर समातियो। जसले फोटोसप गरेर बनाएर पोष्ट गरेको हो त्यो व्यक्तिलाई पक्राउ गरिएको छैन।’

”यो सरासर राजनीतिकरण हो। उनी नेवीसंघका अध्यक्ष भएका कारण समातिएका हुन्। एक पत्रकारले प्रहरीलाई पक्राउ गर्न उक्साएको र पक्राउ गर्नु अगावै कृष्णलाई पक्राउ गरेको खबर समाचारमार्फत फैलाएका थिए।” उनले थपे।

बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू