प्रविन श्रेष्ठको ‘नखोज मलाई ’ बोलको गीत सार्वजनिक [भिडियो सहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। युवा गायक प्रविन श्रेष्ठको बिल्कुलै नया गीत ‘नखोज मलाई ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा गायक प्रविन श्रेष्ठको आवाज सुन्न सकिन्छ भने गीतलाई अझ नया रुप दिनको लागि नव र्यापर गोबिन्द गुरुङको पनि उत्तिकै मेहेनेतिलो आवाजमा सजिएको र्याप पनि सुन्न सकिन्छ।

विशेष युवा पुस्तालाइ लक्षित गरि तयार गरिएको यस गीतमा विदेशिनुको पिडा अनि घर परिवारको सम्झनालाइ गीतमा प्रस्तुत गरिएको छ । सार्वजनिक यस गीतमा संगीतकार देव स्याङ्तान र यसै गीतका र्यापर गोबिन्द गुरुङको शब्द रचना रहेको छ। गीतलाई संगीत भर्ने काम देव स्याङ्तानले नै गरेका हुन् । गीत साउथ कोरियामै रहेको किङ्ग स्टुडियोमा रेकर्ड गरिएको छ भने यस गीतलाई दीपक लामाले एरेन्ज गरेका छन।

निकै आकर्षण लोकेशनमा खिचिएको यस गीतको म्युजिक भिडियोमा गायक प्रविन श्रेष्ठ,र्यापर गोबिन्द गुरूंग ,माईलेनि भेग्रा ( कोरियन मोडल )को अभिनय रहेको छ र गीतको भिडियोलाई कोरियाकै क्यामेरामेन तथा सम्पादक पेंजी योईङ्गले निर्देशन तथा सम्पादन गरेका छन।

हेर्नुहोस् म्युजिक भिडियो :

प्रतिक्रिया