फरार अभियुक्त आठ वर्षपछि पक्राउ

admin

बर्दिया, २४ असोज : आठ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक युवकलाई आठ वर्षपछि आज प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–१२ भैसाहीका २० वर्ष कैद सजाय तोकिएका ३९ वर्षीय शङ्खर थारुलाई प्रहरीले घरमै लुकिछिपी रहेको अवस्थामा आज बिहान पक्राउ गरेको हो ।

सोही ठाउँका ३० वर्षीय छोतेलाल थारुको २०६७ जेठ १४ गते हत्या गरी फरार रहेका थारुलाई सूचनाको आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिनुभयो । बर्दिया जिल्ला अदालतले २०७२ माघ १३ गते घटनाका आरोपीलाई दोषी ठहर गरी सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो ।
-रासस

प्रतिक्रिया