फुल बेचेर सडकपेटिका बेवारिसे बा-आमाको लागि आश्रम बनाउन रकम जुटाउदै यी समाजसेवी [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। बिनय जंग बस्नेत याक्सन फर सोसियल चेन्जमा आवद्ध रही सामाजिक सेवामा अग्रसर रहेको लामो समय भैसकेको छ। आफ्नै जीवनबाट पाठ सिकेर सामाजिक सेवामा लागेको उनले आफ्नो हरेक अन्तर्वार्तामा बताइरहेका हुन्छन्। वेवारिसे लाश व्यवस्थान गर्नु सँगै कुलतमा फसेकालाई कुलतबाट छुट्टाएर पुनर्जीवन दिने काम गर्छन्। उनी भन्छन् , मैले आफ्नो लागि धेरै बाँचे अब म अरुको लागि बाँच्छु। यसमै छ आनन्द।’

हाल उनी बा आमा आश्रम निर्माण गर्ने अभियानमा जुटिरहेका छन्। सोहि अभियान कै क्रममा उनले काभ्रेका मालीले रोपेको फुल काठमाडौँ सम्म ल्याएर बेचेका छन्। यसबाट मालीहरुलाई पनि प्रोत्साहन हुने साथै आर्थिक संकलनमा पनि केहि सहयोग पुग्ने भएकोले उनले यसरि फुल बेचेने निधो गरेको बताए।

आफुले रोपेको फुल खेर गएन है। बजार व्यवस्थापनमा बाधा पुगेन, सहजै फुल बिक्रि वितरण भयो। भन्ने जस्ता आश्वाशन दिलाउन समेत उनले यो परियोजना बनाएका हुन्। उनले उनकै जग्गामा र काभ्रेमा बा आमा आश्रम बनाउन सहयोगको लागि अपिल होइन कि सहयोगी मन हरुलाई यस्तो कार्यमा सहयोग गर्नु पर्छ है भन्ने मनबाटै जागोस भन्ने उनको इच्छा हो।

धर्म गर्न पनि कर्ममा नै लेखेर ल्याउनु पर्छ भन्दै उनले देश तथा बिदेशमा रहेका आम नेपाली जसले हौसला, साथ, सहयोग गर्नु भएको छ सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे। साथै सरकारले पनि यस्तो कुरामा ध्यान दिन्छ कि भनेर यसरि सडक पेटीमा फुल बेचेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू