बन्द रहेको कपास तथा धागो उद्योग सञ्चालन गर्ने : मन्त्री खनाल

admin

काठमाडौँ, २४ असोज: कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले बन्द अवस्थामा रहेका कपास तथा धागो उद्योग सञ्चालनका लागि मन्त्रालयले पहल थालेको बताउनुभएको छ । चाडपर्वका अवसरमा आज यहाँ आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले ती उद्योग खुलाउने विषयमा उद्योग मन्त्रालयसँग पहल थालिएको जानकारी दिनुभयो ।

मन्त्री खनालले दुई मन्त्रालय मिलेर एउटा समूह नै निर्माण गरी बन्द उद्योग सञ्चालनका लागि आवश्यक काम शुरु गरिएको बताउँदै महङ्गो भए पनि नेपालमै उत्पादित कपडा पहिलो चरणमा सरकारी कर्मचारी र सुरक्षा निकायबाट प्रयोगमा ल्याइनेछ भन्नुभयो ।

बाँके जिल्लामा रहेको कपास उद्योगलाई राष्ट्रिय कपास समितिका रुपमा विकास गर्ने योजना रहेको बताउँदै उहाँले यस्ता उद्योग सञ्चालन गर्नसके धेरै युवाले रोजगार पाउने र मुलुकको अर्थतन्त्रमासमेत टेवा पुग्ने विचार व्यक्त गर्नुभयो । मन्त्री खनालले वीरगञ्जको कृषि औजार कारखानासमेत सञ्चालनको पहल थालिएको पनि बताउनुभयो ।
-रासस

प्रतिक्रिया