बलत्कार पछि हत्या गरिएकी १० बर्षिया बालिका श्रीयाको घरमा फेरी प्रहरी, गाउँलेको यस्तो आग्रह (स्थलगत रिपोर्ट)

मनिषा थापा

आईतबार एकाएक प्रहरी श्रीया बिकको घर पुग्यो । केही दिन अघि मात्र छिमेकीले बलत्कार पछि हत्या गरेका थिए १० बर्षकी श्रीयालाई । प्रहरी र संचारकर्मीहरुको ठूलै समुह पुम्दीपुभ्दीमा पुग्दा गाउँलेहरुले आश्चर्यमा परे ।

पोखरामा सम्पन्न भएको केफसिटी मिडिया कपको उपबिजेता बनेको आयोजकले प्राप्त पुरस्कार रकम लिएर कास्की जिल्ला प्रहरी प्रमुख ओम राना सहितको टिम पुगेको थियो । बाईस हजार दुई सय बाईस रुपैया हस्तान्तरण पछि एसपी रानाले अपराधीलार्ई आजिवन काराबास हुनसक्ने बताए ।

स्थानीयले जानकारी दिए अनुसार बलत्कारी कुसुम पौडेललाई जेल चलान नभएर सम्म कुसुमको लास उठान नगर्ने सोच संघर्ष समितिले बनाएको र पछि फेरी लास जलाएको जानकारी दिए । आयोजक केफ सिटी मिडियाका प्रबन्धक भीम थापाले जितेको रकम रमाईलोमा खर्च गर्न भन्दा श्रीयाको परिवारलाई दिनु उचित ठानेर सहयोग गरेको बताए । हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू