दीपिका र रणवीरलाई सामाजिक संजालमा वधाइको ओइरो

मनिषा थापा

बलिउडका चर्चित जोडी नायिका दीपिका पादुकोण र नायक रणवीर सिंहले इटालीमा बिहे गरेका छन् ।

उनीहरुको बिहे १४ र १५ तारिखमा इटालीमा भएको छ । इटालीमा बिहे सम्पन्न भएपछि उनीहरु आफैले ट्विटरमा तस्बिर राखेका छन् ।

दीपिका र रणवीरले बिहे गरेको तस्बिर सार्वजनिक भएसँगै उनीहरुलाई वधाइको ओइरो नै लागेको छ । उनीहरुको तस्बिरलाई लाखौ दर्शकले लाइक गरेका छन् भने हजारौ वधाइका प्रतिक्रिया आइरहेका छन् । विश्वभरका कलाकारहरुले समेत उनीहरुलाई वधाई दिएका छन् ।

प्रतिक्रिया