बलिउड फिल्म ‘सुई धागा’ अनलाइन लीक, धमाधम भईरहेको छ डाउनलोड !

मनिषा थापा

भक्तपुर  :  वरुण धवन र अनुष्का शर्मा स्टारर ‘सुई धागा’ बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको छ। फिल्म सुपरहिट हुनुको साथै राम्रो प्रतिक्रिया मिलिरहेको छ। तर अहिले भने यस फिल्मलाई ठुलो झड्का लागेको छ।

रिलिजको भएको केहि दिन नबित्तदै फिल्म ‘सुई धागा’ अनलाईन लीक भएको छ। अहिले इन्टरनेटमा छ्याप्छ्याप्ती पाइन्छ। रिपोर्ट्सको अनुसार, केहि वेबसाइटमा फिल्मको पाइरेटेड प्रिन्ट छ भने कुनै वेबसाइटमा फिल्म एचडी क्वालिटीको छ। दर्शकले हेर्ने मात्र नभई डाउनलोड समेत गरिरहेका छन्।

फिल्म लिक भएको यो पहिलो पटक भने पक्कै हैन। पाइरेसीको कारण बलिउड फिल्मलाई प्राय नोक्सान बेहोर्नु पर्दछ। दर्शक सिनेमाघरमा जानु भन्दा पनि पाइरेटेड वर्जन डाउनलोड गरेर घरमै फिल्म हेर्ने गर्दछन।

‘सुई धागा’ फिल्ममा ममता र मौजीको कथा देखाइएको छ जुन दर्शकले खुब रुचाई रहेका छन्। यस चलचित्रले अहिलेसम्म ५५ करोडको व्यापार गरिसकेको छ। यो फिल्मको व्यापार बढेर १०० करोडसम्म पुग्ने अनुमान छ।

शरत कटारियाको निर्देशनमा बनेको ‘सुई धागा’ सामाजिक विषयमा आधारित छ। यस फिल्म २,५०० स्क्रिनमा २८ सप्टेम्बर रिलिज गरिएको थियो। वरुण धवन र अनुष्का शर्माले आफ्नो छविभन्दा फरक खालको भूमिकामा देखिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू