बिपी चोकमा उच्च प्रविधिको बत्ती जडान

admin

नेपालगञ्ज, २५ असोज : नेपालगञ्जको बिपीचौकमा उच्च प्रविधिको बिजुली बत्ती (हाइमास्ट) जडान गरिएको छ ।

सोह्र मिटर उचाइको खीया नलाग्ने फलामे पोलमा जडीत आठ वटा बत्ती एक साथ झलमल बालिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले हाइमास्ट निर्माण उपभोक्ता समितिमार्फत सो बत्ती जडान गरेको हो । नेपालमै पहिलोपटक यति उज्यालो र शक्तिशाली हाइमास्ट जोडिएको बताइएको छ ।

साँझपख आफै बल्ने र बिहान आफै निभ्ने स्वचालित हाइमास्टको नगरप्रमुख डा धवल शम्शेर राणा र उपप्रमुख उमा थापमगरले आज संयुक्त रुपमा स्विच अन गरेर उद्घाटन गर्नुभयो ।

सो अवसरमा नगरप्रमुख राणाले हाइमास्टको सफल प्रयोगपछि थप क्षेत्रमा समेत बत्ती जडान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । क्रम्टन कम्पनीको सो बत्ती जडानमा करीब रु १४ लाख लागेको उपभोक्ता समितिका अध्यक्ष निजामुद्दिन सिद्दिकीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया