बौद्धमा देखाईयो सेर्कु! दोस्रो पल्ट हेर्दा सेर्कुको अर्थ बल्ल पत्ता लाग्यो….

मनिषा थापा

बौद्धको पृथ्वी हलमा दोस्रो चोटि सेर्कु फिल्म देखाएको छ। दोस्रो प्रदर्शनमा पनि दशकको धेरैे राम्रो प्रतिक्रिया पाएको छ। सबैले सेर्कुको कथा र कलाकारहरुको तारिफ गरिएको पाइयो।सबै दर्शकका आँखा बाट आँशु रसाएका थिए।सोहि दिन धेरै ठाउँमा कार्यक्रम जुधे पनि सेर्कुमा सोचे जस्तै दर्शक थिए र हल भरीभराउ थिए।

रातको ७/८  बजेसम्म पनि सेर्कुले दर्शकहरुलाई अड्याएर राखेको थियो। धेरै टाढा टाढाबाट पाल्नुभएका दर्शकहरु सेर्कुले भुलाएर राखेको थियो। सबै साक्का र सुक्क गर्दै थिए। सबै दर्शकलाई अड्याउन सक्ने सेर्कुको मुल विशेषता नै फिल्मको कथा अनि के हुन्छ ? के हुन्छ भनेर सस्पेन्समा राख्नु हो।कतिपय दर्सकहरु दोश्रो पल्ट फिल्म हेर्न पुगेका थिए। दोश्रो पल्ट हेर्दा बल्ल सेर्कुको अर्थ बुझे भनेर धेरैको मुख बाट सुने।रात झ्याप्पै परेको कारण हामीले भिडियो खिच्न सकिएन।तर दर्शकले खुलेरै सेर्कुको तरिफ गर्न भ्याए।

नायक तथा कथाकार ऋतुराज पाख्रीनको अभिनयलाई सबैले तारिफ गरे कतिपयले त पागल चाही हो क्या भनेर पनि जिस्क्याए।त्यसैगरी सुस्मा मोक्तान, सुस्मा थिङ र ऋतुराजको अभिनयमा कतै खोट लगाउने ठाउँ देखिदैन।अन्य कलाकारहरु चादनी मोक्तान, बैरागी मोक्तान र श्याम योन्जनको अभिनयले पनि मन छुन्च।

नव नायिका उर्मिला वाईबाले नयाँ कलाकार भए पनि पुरानो कलाकारको भन्दा कम छैन।सेर्कु चल्नुमा यस्को कथा र कलाकारहरुको अभिनय नै हो भन्ने बुझाइ छ।निर्देशक राज कुमार मोक्तान र छायांकन/इडिटर रोशन फ्युबाको कमले पनि सेर्कुलाई सफल बनाएको छ।फेरि पनि सेर्कु भन्दा राम्रो फिल्म दिन सकुन ! सेर्कु टीमलाई हार्दिक शुभकामना छ।

 

 

प्रतिक्रिया