भलिबलको उपाधि ठकुरी समाजलाई

admin

पोखरा, ३१ असोज : विजयादशमी तथा शुभदीपावलीको अवसरमा पोखरा महानगरपालिका–३२ स्थित जनकल्याण युवा क्लबद्वारा आयोजित वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ठकुरी समाज फिरफिरे तनहुँले हात पारेको छ ।

प्रतियोगितामा भएको फाइनल खेलमा ठकुरी समाजले भानुमती युवा क्लब चैनपुर तनहुँलाई पराजित गर्दै उपाधिसहित रु ५१ हजार नगद, मेडल तथा ट्रफी प्राप्त गरेको हो । घटस्थापनादेखि सञ्चालन भएको उक्त प्रतियोगिताको उपविजेता टिमले रु ३१ हजार नगदसहित मेडल तथा ट्रफी प्राप्त ग¥यो । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो। रासस

प्रतिक्रिया