भारतीय प्रधानन्यायधीशद्वारा सपथ ग्रहण

रिता घिसिंग

नयाँ दिल्ली, १७ असोज : भारतीय प्रधानन्यायाधीश रञ्जन गोगईले बुधबार आफ्नो पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

भारतीय राष्ट्रपति भवनमा बुधबार आयोजित एक विशेष समारोहमा उहाँलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले प्रधानन्यायाधीश गोगईलाई सपथ गराउनुभएको हो ।

उहाँलाई भारतीय राष्ट्रपति कोविन्दले गत सेप्टेम्बर ३ मा भारतको ४६ औँ प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको थियो ।

भारतको आसाममा जन्मिनुभएका प्रधानन्यायाधीश गोगई ६३ वर्षको हुनुहुन्छ । उहाँ भारतको उत्तरपूर्वी क्षेत्रबाट नियुक्त हुने पहिलो प्रधानन्यायाधीश बन्नुभएको पनि प्राप्त समाचारमा जनाइएको छ ।

उहाँको कार्यकाल १३ महिनाको मात्र रहेको बताइएको छ । प्रधानन्यायाधीश कोविन्द सन् २०१९ को नोभेम्बरमा सेवानिवृत्त हुनुहुनेछ । उहाँ राष्ट्रिय कानुन सेवा नियोगको कार्यकारी अध्यक्ष पनि हुनुहुन्छ ।
–रासस

प्रतिक्रिया