भैँसेमा टिपर दुर्घटना, एकको घटनास्थलमै मृत्यु, दर्जन बढी घाइते

admin

मेलम्ची, ५ कात्तिक : जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बा४ख ९०१७ नंको टिपर सडकमै पल्टिँदा ११ जनाभन्दा बढी घाइते भएका छन् । उक्त टिपरले घुम्तीमा अर्को गाडीलाई उछिनेर घुमाउन खोज्दा सडकमा पल्टिएको भैँसे निवासी रामबहादुर तामाङले बताउनुभयो ।

दुर्घटनाका कारण एक जनाको घटनास्थलमै मृत्यु भएको र बाँकीलाई उपचारका लागि खाडीचौर लगिएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कुमार श्रेष्ठले मृतकको सनाखत हुन नसकेको र चालक फरार भएको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया