मनोज गजुरेलको अहिलेसम्मकै कडा प्रस्तुति, बच्चादेखी श्रीमतीसम्मको कुरा [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। “एक सोचले मानिसको जीवनमा परिवर्तन गर्छ, यी बेबारिसे भनिएकाहरुको अब हामी हुनुपर्छ” भन्ने नारा साथ समाज परिवर्तनको दिशामा अग्रसर रहेकाे जनाउने याक्सन फर सोसियल चेन्ज नामक संस्थाले बेबारिसे शव संकलन गरी दाह संस्कार गर्ने, दुर्व्यसनीमा फसेकालाई बानी सुधार्न प्रेरनात्मक संदेश दिने देखि समाजसेवामा निकै टेवा पुराउदै आएको छ। जहाँ सम्म शव व्यवस्थापनको कुरा छ यस्ता बेबारिसे शव बेबस्थापना गर्नुपर्ने जिम्मेबारी महानगरपालिकाको भए पनि प्रक्रियागत समस्याले गर्दा लामो समयसम्म सडेर रहने गरेको थियो।

प्रहरी, महानगरपालिका, अस्पताल र जिल्ला प्रशासन कार्यालयबिच आवश्यक ताल मेल नहुँदा यस्तो समस्या आउने गर्छ लासहरु धेरै समयसम्म अस्पतालमा राख्दा थुप्रो हुने राख्ने ठाउँ नहुने अनी सड्ने दुर्गन्ध फैलने गर्छ,’ संस्थाका अध्यक्ष बिनय बस्नेतले भने, ‘एक्सन फर सोसेल चेन्जले सबै तिर प्रक्रिया पुर्राएर बेबारिसे शव बेबस्थापनको जिम्मा लिएको हाे।’

यी काम सँगसँगै बिनय अहिले बा निर्माण कार्यमा लागिपरेका छन्। कालिमाटी, सोल्टीमोडमा स्थित आमा घरमा थुप्रै बेशाहारा आमाहरुले शाहारा पाएका छन्। हुन त नेपालमा बृद्ध आश्रम पनि नभएको होइन। यद्दपि बिनय अहिले बेशाहारा र घरका सदस्यमार्फत अपहेलित बाहरुको लागि बा आश्रम बनाउन पाए मन शान्त हुने थियो भन्ने भाव बोकेर अघि बढी रहेका छन्।

आश्रम बनाउनका लागि उनले आफ्नै नामको जग्गा हस्तान्तरण गरिसकेका छन्। अब कुरा रह्यो बा आश्रम कसरि निर्माण गर्ने। एक व्यक्तिले आश्रम बनाउनु एक चुनौतिपूर्ण काम हो। उनले भर्खरै मात्र एक सामाजिक एकताका लागि शुभकामना आदान प्रदान र सम्मान साथै सहयोगात्मक सांस्कृतिक साँझ कार्यक्रम सम्पन्न गरेका छन्। उक्त सहयोगार्थ कार्यक्रममा मनोज गजुरेल, बुद्धि प्रसाद लामिछाने, राम केशर बोगटी, रेशम थापा, मिलन अमात्य, नरेश भट्टराइ लगायतका कलाकार साथै पत्रकारको बाक्लै उपस्थिति रहेको थियो।

सम्मान कार्यक्रम सँगसँगै उपस्थित कलाकारले आफ्नो प्रस्तुति समेत पस्किएका थिए। मनोज गजुरेलले पनि आफ्नो ठट्यौली प्रस्तुत गर्दै समाजसेवी बिनय जंग बस्नेतको तारिफ गरेका थिए। मनोज गजुरेल नेपाली हाँस्यकलाकार हुन्। नेपाली कला क्षेत्रको हास्यब्यंग्य बिधामा मनोज गजुरेलको बेग्लै अस्तित्व र पहिचान छ। ‘प्रष्ट बिचारका साथमा उत्कृष्ट मनोरञ्जन’ पस्कने गजुरेल बिद्यार्थी राजनीतिबाट कलाकारितामा प्रबेश गरेका हुन्।

पत्रकारितामा ग्राजुएसन गरेका गजुरेल, सिस्नुपानी नेपालका उपाध्यक्ष, माइ डियर इभेन्ट्स एण्ड क्रिएसनका डाइरेक्टर, मूल्यांकन मासिकसँग आबद्ध पत्रकार तथा इन्सेकसँग संबद्ध रहेर मानव अधिकारको क्षेत्रमा पनि सक्रिय रूपमा संलग्न छन्। गजुरेलका प्रस्तुतीमा बिशुद्ध मनोरञ्जनका साथै सामाजिक न्याय, राजनीतिक स्वतन्त्रता र मानवीय मूल्य मान्यताको खरो शन्देश पाइन्छ।

उनले आफ्नो प्रस्तुतिमा बच्चा देखि श्रीमती समेतको विषयवस्तु जोडेर पस्केका थिए। हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू