मलाई टाउको दुख्यो नानु, म सुत्छु भोली बिहान कुरा गरौँला भनेर मलेसियामा निदाएका मानबहादुर, निदाएकै अवस्थामा बाकसमा कहिल्यै नबोल्नेगरी फर्किए [हेर्नुहोस हृदयविदारक भिडियो]

admin

काठमाडौँ । झापा सेरुङ्गाका ३४ वर्षका झलक श्रेष्ठको परिवारलाई अहिले ठुलो बज्रपात परेको छ । जिविकोपार्जनका लागि साउदी पुगेका झलक काठको बाकसमा फर्किएपछि उनको परिवारमा बज्रपात परेको हो ।

यसपालीको दशैँ परिवारसँगै मनाउने योजनामा रहेका झलक काठको बाकसमा नेपाल फर्किएका छन् । झलकको शव बुझ्न झापाबाट उनको बुबा जितबहादुर श्रेष्ठ काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । झलकले ८ असोजमा घरमा फोन गरेर दशैँमा घर आउने बताएको भएपनि बाबु जितबहादुरका अनुसार उनी तत्काल घर आउने निर्णय रद्द गरेर मंसीरमा आउने योजना बनाएका थिए ।

तर दशैँकै दिन उनले आफ्नो छोराको शव बुझेका छन् । बुधबार दशैंको पहिलो दिन धेरै आमाबाबु विदेशबाट फर्किएका सन्तानलाई विमानस्थलमा स्वागत गरिरहेका थिए । तर जीतबहादुर भने काठको बाकसमा आएको छोराको शब बुझ्दै थिए । छोराको शव राखिएको बाकस देखेपछि उनले आफूलाई सम्हाल्नै सकेका थिएनन् । वैदेशिक रोजगार विभागका अनुसार दैनिक ३ जना नेपाली विदेशबाट काठको बाकसमा आउने गरेका छन् । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकाअनुसार पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको संख्या झण्डै ७ हजार छ । अवैधानिक रुपमा विदेश गएर ज्यान गुमाएकाहरुको संख्याको त अझ गन्ती नै छैन ।

त्यस्तै बाग्लुङका मानवबहादुर हरिजन पनि दशैँको मुखमै काठको बाकसमा फर्किए । उनले पनि श्रमती इश्वरीलाई दशैँमा घर आउने बताएका थिए । दशैँमा घर आउने बताएपछि मानबहादुरका दुई छोरी र एक छोरासँगै परिवारमा खुसीयाली छाएको थियो । तर उच्चरक्तचापका कारण उनको मलेसियामै मृत्यु भयो । उनको दाहसस्कारपछि अहिले इश्वरी श्रीमानको मृत्युपछि पाईने क्षतीपुर्तीको लागी राजधानी काठमाण्डौमा बराइलिरहेकी छन् । सबै दशैँको तयारीमा जुट्दा उनी मृत श्रीमानको सम्झना बोकेर काठमाण्डौमै भौतारिएकी छन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू