माल्दिभ्सको निर्वाचन परिणामबारे आइतबार सुनुवाई हुने

मनिषा थापा

कोलम्बो, २६  असोज (रासस-एएफपी)  :  माल्दिभ्सको सर्वोच्च अदालतले निर्वाचनका बारेमा परेको मुद्धामाथी आउदो आइतबार सुनुवाई गर्ने जनाएको छ ।

हालै भएको राष्ट्रपतीय निर्वाचनबारेमा राष्ट्रपति अब्दुला यमीनले दिएको चुनौतीबारेमा आइतबार सुनुवाई गर्ने तय भएको अदालतले बिहीबार थियो ।

अदालतले सामाजिक सञ्जाल ट्वीटर मार्फत् दिएको जानकारी अनुसार आइतबार दिउसो एक बजे सुनुवाई गर्ने निर्णय भएको छ । निर्वाचनको परिणामप्रति असन्तुष्टि जनाउदै राष्ट्रपति यमीनले अदालतमा मुद्धा दायर गर्नुभएको थियो ।

गत सेप्टेम्बर २३ तारिखका दिन भएको निर्वाचनमा अनपेक्षित रुपमा विपक्षी दलका उम्मेदवार इब्राहिम मोहमद सोलिह विजयी भएको घोषणा गरिएको थियो । उहाँले ५८.४ प्रतिशत भोट पाउनुभएको अधिकारीहरुले बताएका थिए ।

प्रमुख निर्वाचन आयुक्त अहमद सरिफसँगको छलफलपछि अदालतले सुनुवाइको समय तोकेको हो । सरिफले राजधानी मालेमा पत्रकारहरुलाई दिएको जानकारीअनुसार यमीनले अहिलेको निर्वाचन परिणामलाई रद्ध गरी फेरी निर्वाचन गराउन माग गर्नुभएको छ ।

अमेरिका र युरोपेली संघले पनि यमीनले नस्वीकार्दासम्म निर्वाचनको परिणामलाई अगाडी नबढाउन चेतावनी दिएका छन् । आउँदो नोभेम्बरमा कार्यकाल सकिन लागेका ५९ बर्षिय यमीनका समर्थकहरुले पनि निर्वाचनको परिणामलाई चुनौती दिएका छन् ।

प्रतिक्रिया