मी टू अभियान : ऋतिक रोशनको श्रीमतीले भनिन्, ‘सामाजिक सञ्जालको दुरुपयोग भयो’

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  यौन हिंसा नेपालमा मात्र नभई विश्वमा नै एक गम्भीर समस्याका रूपमा रहेको छ। हाल विश्वव्यापी रूपमा निकै चर्चामा रहेको ‘ह्यासट्याग मी टु’ अभियान यसविरुद्ध एक सकारात्मक पहल बनेको छ। ऋतिक रोशनको आउन लागेको फिल्म ‘सुपर ३०’ का निर्देशक विकास बहलमाथि मी टुको सिलसिलामा यौनशोषणको आरोप लागेको छ। त्यसपछि ऋतिकको फिल्मको रिलिज मिति सर्ने सम्भावना छ।

ऋतिकले भने यदी कोहि साच्चै दोषी छ भने उसलाई सजाय मिल्नुपर्छ।’ यसै सन्दर्भमा कंगना रनौतले पनि विकास विरुद्ध बोलेकी थिइन्। उनले फिल्म सेटको समयमा उनको व्यवहार अजीब हुने गर्दथ्यो। उनी नजिक आउने कोशिश गर्ने गर्दथे।

हालै सुजैन खानले पनि यस विषयमा आफ़्नो विचार राखेकी छिन्। उनले भनिन्, ‘मानिसले सामाजिक संजालको प्रयोग राम्ररी गर्नु पर्दछ। म यस्तो मुद्दामा धेरै बोल्दिन तर मलाई लाग्छ की धेरै आरोप झुटा हुन्। सामाजिक संजालको प्रयोग राम्ररी हुनपर्दछ। बिना कुनै प्रमाणको आधारमा यसरी कसैलाई पनि लगाउन पाइदैन।’

ऋतिक रोशनको सुपर ३० अर्को वर्ष २५ जनवरीमा रिलिज हुनेछ। त्यसै दिन कंगना रनौतको फिल्म ‘मणिकर्णिका’ पनि रिलिज हुनेछ। यस अघि विकासलाई फिल्मबाट हटाउने सम्भावना प्रबल छ। यति मात्र हैन फिल्मको निर्माताले फिल्मको क्रेडिटबाट उनको नाम हटाइसकेको छ। हालै अहिलेसम्म सुपर ३० लाई लिएर कुनै आधिकारिक बयान भने आएको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू