मेनुकाले आफ्नो आवाजले फेरी मच्चाइन भारतमा तहल्का : गीत सुनेर सबै उठेर ताली बजाए, बलिउड म्युजिकका लेजेण्ड बप्पी परे चकित (भिडियो हेर्नुहोस)

मनिषा थापा

भारत कै ठुलो गायन प्रतियोगितामा नेपाल आइडलबाट चर्चामा आएकी गायीका मेनुका पौडलले फेरी उत्कृष्ट गित पस्केकी छिन। यस अघिको राउण्डमा जसरी जजहरुको मन चोरिन, त्यसै गरी  इपिसोडमा पनि सबैलाई मन्त्रमुग्ध बनाइन र अर्को राउण्डमा छनौट भएकी छिन।

आइतबार जुरी मेम्बरका एकजनासँग मेनुकाले गीत गाउनुपर्ने थियो । उनले रोजिन हिन्दी फिल्म सँवरियाको ‘थोडे बदमाश हो’ बोलको गीत । प्रोफेशनल गायिका सुनैनासँग मेनुकाले श्रेया घोषालको आवाजमा सजिएको सो गीत गाउँदा भारतीय गायन क्षेत्रका महापुरुष बप्पी लहरीसमेत मन्त्रमुग्ध भए । मेनुकाले शुरमा गज्बबको कम्बाइन्ड दिएको बप्पीको प्रतिक्रिया थियो ।

अत्यन्तै राम्रो गएकी मेनुकालाई जुरी मेम्बरले ९६.४ अंक दिएका थिए । श्रेया घोषाल बलिउडकी निकै मेलोडी स्वर भएकी गायिका हुन् । उनकै स्वरको गीत गाउनु मेनुकाको ठूलो चुनौती थियो । तर, उनले सो चुनौती पनि आफ्नो कडा परिश्रमले पार गरिन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू