मोटरसाइकलको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु

मनिषा थापा

कलैया, २ मङ्सिर  :  बाराको कलैया उपमहानगरपालिका–२७ मा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

आज बिहान ५ बजे शौच गर्नका लागि निस्केकी ७० वर्षीया धुरपतीदेवी यादवको घटनास्थलमा मृत्यु भएको प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिनुभयो ।

ना९२प ९०८६नंको मोटरसाइकलले धुरपतीलाई ठक्कर दिएको थियो । ठक्कर दिने कलैया उपमहानगरपालिका–२७ का २७ वर्षीय राजु मालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता राठौरले बताउनुभयो । मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया