म्युजिक भिडियो निर्देशन सहित सांगीतिक क्षेत्रमा छलाङ्ग मार्दै गायक उर्गेन डि लामा

शर्मिला गुरुङ

काठमाडौँ, ३० कार्तिक  :  गायक उर्गेन डि लामा सांगीतिक क्षेत्रका एक चर्चित गायक हुन् । लगभग दुइ दशक अघिदेखी साँगीतीक क्षेत्रमा लागेका उर्गेन लामाले दर्जनौ चर्चित गितहरु नेपाली सांगीतिक क्षेत्रमा पस्किसकेका छन् l केहि समयको अन्तराल पछि गायक लामा फेरी आफ्नै गीतको म्युजिक भिडियो डाइरेक्सन सहित सांगीतिक क्षेत्रमा छलांग मार्न पुनरागमन भएका छन् l

उनि गायक मात्र नभएर एक कुशल थान्का आर्टिस्टको रुपमा चर्चा कमाईसकेका बरिष्ट थान्का आर्टिस्ट हुन् । बिगत २ दशक देखि थान्का ब्यबसाय गर्दै आएका उनि नेपालको टप १० थान्का आर्टिस्टमा पर्न सफल भएका छन् भने गायक उर्गेन एक कुशल तबला बादक पनि हुन् ।

चाडैनै उनि नया गित “फुलको माला उनेर” को म्युजिक भिडियो डाइरेक्सन सहित सांगीतिक क्षेत्रमा फर्किन लागेका छन् भने उक्त म्युजिक भिडियोमा चर्चित ग्ल्यामर्स फोटोग्राफर तथा फोटो जर्नालिस्ट कुबेर तामाङ र नब मोडल ज्योति प्रसाइले अभिनय गरेका छन् l

प्रतिक्रिया