यस्तो रह्यो रबिना बादिको भाइटिका, दाजुले खुलाए यस्तो पिडादायी यथार्थ [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। भनिन्छ रगतको नाता भन्दा पनि भावनाको नाता मजबुत हुन्छ। मिडियामा निकै चर्चा कमाएकी रबिनाले यो वाक्यांसलाई सत्य सावित गरेकी छिन्।

हिन्दुधर्मालम्वीहरूले दाजुभार्इ दिदीबहिनीहरूमा माया प्रेमको सद्भाव र स्नेह साट्ने चाडको रूपमा मनाउदै आइएको भाइटिकाको दिन रबिना बादीले एकै गर्भका नभए पनि भावनाले जोडिएको नाता दाइ पर्ने दुइ रसाइली दाजुभाईलाई टिका लगाइदिएकि छिन्। प्रदिप रसाइली र लक्ष्मण रसाइली एकै गर्भका दाजु भाई हुन्। रबिना शाहारा खोज्दै काठमाडौँ आएकी थिइन् सोहि समयमा लक्ष्मण रसाइलीले उनलाई सहयोग थिए।

लक्ष्मणसँगको चिनजान र घुलमिल पश्चात लक्ष्मण कै दाई प्रदीपलाई उनले भेटिन्। उनीहरु बीच एकदमै प्रगाढ सम्बन्ध बन्न पुग्यो। सोहि सम्बन्धलाई मुर्तरुप दिंदै उनीहरुले भाइटिकाको दिन एकअर्कालाई टिका लगाइदिएका छन्। यो पहिलो पटक रबिनाले रसाइली दाजुभाईलाई भाइटिका लगाइदिएकि हुन्।

रसाइली दाजुभाईको पनि दिदीबहिनी नभएको लक्ष्मणले खुलाशा गरे। उनले भने ,’ हाम्रो दिदीबहिनी पनि छैन। हामी दाजुभाई आफै एकाअर्कालाई टिका लगाइदिन्थ्यौ। यसपाली रबिना बहिनीको हातको टिका लगाउन पाइयो। खुसी छु। घरमा भाइहरुले कसरि लगाए टिका थाहा भएन। ‘

रबिना भर्खर मात्रै मृगौला बेचेको कुराले चर्चामा पनि आएकी छिन्। आफ्नो छोराको उपचारको लागि आर्थिक संकट भएकोले उनले यो कदम चाल्नु परेको उनले बताइन्। लक्ष्मण यहिँ कुरा स्पष्ट पार्दै भने ,’रबिना एकदम सफा मन कि छन्। मैले जसरी उनलाई चिनेको छु त्यसरी दुनियाले पनि चिन्न जरुरि छ। उसको सबै क्रियाकलापलाई नकारात्मक हिसाब नलिदिनु होला। यो खुसिको माहोल छ। आज म पुराना कुरा निकाल्न चाहन्न। म सधै दाईको कर्तब्य पुरा गर्ने छु।’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू