यस्ता छन्, फास्टफुडमा स्वाद बढाउन प्रयोग गरिने टेस्टीङ पाउडरको बेफाइदा !

रिता घिसिंग

एजेन्सी : आजकाल अधिकांश मानिसहरु फास्टफुडको सौखिन छन् । रेष्टुरेन्ट गएर स्वादिलो फास्टफुड खानु मानिसहरुको बानी नै भैसकेको छ । तर के तपाईंलाई थाहा छ, यसो गर्दा तपाईंहरु जानी नजानी मोनो सोडियम ग्लुटामेटको भरपूर सेवन गरिरहनुभएको छ । सायद अधिकांश मानिसलाई मोनो सोडियम ग्लुटामेट अर्थात् एमएसजीको हानीबारे थाहा छैन । प्याकेटमा एमएसजी छैन भनेर लेखेपनि .उद्योगहरुल चलाखीपूर्वक यसको प्रयोग गरिरहेका हुन्छन् ।

के हो एमएसजी ?

ग्लुटामेट एक प्रकारको प्राकृतिक एमिनो एसिड हो, जो दूध, च्याउ, माछाजस्ता खाद्यपदार्थमा पाइन्छ । तर मोनो सोडियम ग्लुटामेट फ्याक्ट्रीमा बनाइन्छ । यसको प्रयोग स्वाद बढाउने पदार्थको रुपमा गरिन्छ । खासगरी चाइनिज खाना, चाउचाउको मसाला, पिज्जा, चिप्स, डिब्बामा राखिएका तरकारी, सूप र प्रशोधित मासुमा प्रयोग गरिन्छ । खाद्य सुरक्षासंग सम्बन्धित विश्वभरका संस्थामा एमएसजीको प्रयोगबारे सधैं विवाद रहँदै आएको छ । यही कारण अधिकांशले आफ्नो प्याकेटमा ‘नो एडेड एमएसजी’ भनेर लेख्नसुरु गरेका छन् । तर यसका बाबजूद कम्पनीहरुले आफ्नो उत्पादन निर्माणकै बेला एमएसजीको उत्पादन गरेका हुन्छन् ।

के गर्छ एमएसजीले ?
एमएसजीको प्रयोग सुरु भएको ३० वर्षपछि विश्वभर टाइप टु डाइबिटिजका बिरामीको संख्या ३० गुणा बढेको तथ्य सार्वजनिक भएको थियो । एमएसजीकै कारण यस्तो भएको मानिएको छ । यसका अलावा विश्वभर बालबालिकामा मोटोपना बढ्दै गइरहेको छ ।
१, एमएसजीको प्रकृति नशालु पदार्थजस्तै हुन्छ । एकबार एमएसजीयुक्त खाद्यपदार्थ खाएपछि मानिसमा पटकपटक त्यही खानेकुरा खाने लत बस्छ ।
२, यसको सेवनले शरीरमा इन्सुलिनको मात्रा प्रभावित हुन्छ र टाइप टु डाइबिटिजको खतरा बढाउँछ ।
३, आँखाको शक्तिमा प्रभाव पर्छ,रेटिनामा नोक्सान पु¥याउन सक्छ । मुटुको धड्कन बढ्नुका साथै मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढ्छ । यसका अलावा
छातिमा पीडा हुने समस्या पनि आउन सक्छ ।
४, शरीरमा कोषिकाहरुमा प्रभाव पार्छ, यसको लगातार सेवनले दिमागको क्षमतामा असर पर्छ, अल्जाइमर्स, पाकिन्सन्सजस्ता समस्या निम्तन सक्छ ।
५, बाँझोपन निम्तन सक्छ । यसको प्रयोगबाट गर्भमा हुर्किरहेको बच्चालाई खाना पुर्याउने नली प्रभावित हुन्छ र भ्रुणको विकास हुन पाउँदैन ।
६, लगातार एमएसजीयुक्त खाना खानाले रक्तचाप बढ्छ र मुटु रोग निम्तन सक्छ ।
७, माइग्रेन या टाउको दुख्ने समस्या हुन सक्छ ।

प्रतिक्रिया