यस्तो छ नायिका श्वेता खड्काको दशैँको टिका र जमरा [फोटो फिचर]

मनिषा थापा

अभिनेत्री श्वेता खड्काले यस वर्ष दशैँको टिका शुभ साईतमा नै लगाएकी छिन् । श्वेताले यो बर्ष बुबा, आमाको हातबाट खुशीयाली बाँड्दै टिका लगाएकी छिन् ।

स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग ‘कहाँ भेटिएला’मा स्क्रिन सेयर गर्दै अभिनयमा भित्रिएकी श्वेताले केही सफल चलचित्र दिएकी छिन् ।

कलाक्षेत्रमा अभिनेत्री श्वेता खड्काको परिचय निर्माताका रूपमा पनि छ । उनले पछिल्लो समय निर्माण गरेको चलचित्र ‘कान्छी’ केही पहिले प्रदर्शनमा आएको थियो ।

पछिल्लो समय समाजसेवामा समेत सक्रिय देखिएकी उनले स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठको नाम श्वेताश्री फाउन्डेसन स्थापना गरेर सिन्धुपाल्चोकको माझी बस्तीमा ६२ घर निर्माणसमेत गरिरहेकी छन् ।

यो पटकको दशैमा पनि श्वेता खड्काले पनि दशैँको टीका शुभ साईतमा नै लगाएकी छिन् । केही बर्ष पति नायिक श्रीकृष्ण श्रेष्ठको निधनले टिका नलगाएकी श्वेताले यो बर्ष बुबा, आमाको हातबाट खुशीयाली बाँड्दै टीका लगाएकी छिन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू