यी प्रतिस्पर्धीले तताए नेपाल आइडलको स्टेज, जजहरुको भयो रुवाबासी (भिडियो)

मनिषा थापा

नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि यसको दोस्रो संस्करण पनि शुरु भएर अहिले गाला राउण्ड चलिरहेको छ । नेपाल आइडलमा पाहुनाको रुपमा अथिति गेष्ट चर्चित गीत ‘सुन साईली’का गायक हेमन्त राणा उपस्थित थिए ।

नेपाल आइडल सिजन २ का प्रतिष्पर्धीहरुको प्रस्तुती कै क्रममा एक प्रतिस्पर्धी झोला बोकेर स्टेजमा आए तब सम्म माहोल ठिकै थियो, जब उनले आफ्नो प्रस्तुती दिन शुरु गरे जज इन्दिरा भक्कानिदै रोईन र साथमा न्ह्यु बज्राचार्य पनि रोए अन्तत: काली प्रशाद र हेमन्तका आँखा पनि रसाए ।

सबैको ध्यान गोल्डेन माइक बिजेता तिर भएपनि आज भने अमित बरालले सबैको नजर खिचे, उनै अमित नै थिए जो नेपाल आइडलको अडिशन हुनुभन्दा केहिसमय अघि विदेश झन्डै गईसकेका थिए । तर मुखैमा आएको आइडलमा किन ट्राइ नगर्ने भन्दै बरालले अडिसन दिए र जसले रोकियो उनको विदेश यात्रा ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया