यी हुन् विश्व कै खतरनाक सर्प ‘मावा’ जसले पाल्यो उसैलाई डसेर फरार, मावा खोज्दै प्रहरी

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  पराग्वे देशमा सर्पलाई पाल्ने महिला नै विषालु सर्पको शिकार बनिन्। ती महिलालाई डस्ने खतरनाक हरियो रंगको माबाले पुरा टोल नै त्रसित बनाएको छ।

ती महिलालाई डसे पछि सर्प नै हराएको छ। उक्त विषालु सर्पको खोजी भईरहेको छ। सर्पको विशेषज्ञले सर्प मरेको हुन सक्ने अनुमान गरेका छन्।

माबा सर्पबाट शिकार भएकी ३० बर्षिया महिलाले विना लाइसन्स सर्पको प्रजननको काम शुरु गरेकी थिइन् जुन खतरनाक साबित भएको छ। पुलिसको अनुसार माबाको डस्नाले घायल महिला अस्पतालमा भर्ना भएकी छिन्। अहिले उनलाई कोमामा राखिएको छ । पुलिसले छानविन गरेर पत्ता लगायो  कि उनले बिना कुनै प्रोफेश्नल ट्रेनिंग र लाइसेंस सर्पलाई पालिरहेकी थिइन्। सर्पको विषले जिन्दगी र मृत्युसंग लडिरहेकी ती महिलालाई एंटिडट दिहिरहेको छ।

सर्पको जानकारी राख्ने व्यक्तिको अनुसार सर्प घरमै लुकेर बसिरहेको हुन् सक्ने अनुमान छ। तर अहिलेसम्म पुलिसले भेटाउन भने सकेको छैन। हालै ती महिलाको घरमा सर्पलाई निकाल्न जाल बिछाइएको छ।

यस घटना पछि पारागुएको मानिसहरु सामाजिक संजालमा अनेक टिक्काटिप्पणी गरिरहेका छन्। कसैले त त्यस ठाउँलाई मावाको नामबाट बोलाउन थालेका छन्। कसैले भने सर्प माथि सहानुभूति देखाउदै ‘ मांबा इन होम अलोन’ भन्ने संज्ञा दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू