पिएनपिखबर, भक्तपुर : अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रंपले अवैध आप्रवासनको मुद्दाको बारेमा आफ्नो धारणा व्यक्त गरेका छन्। उनले योग्य व्यक्तिमात्र अमेरिका आउन र अवैध तरिकाबाट आउँने मानिसलाई सिमाभित्र प्रवेश गर्ने नदिने उल्लेख गरेका छन्।
शनिबार गरिएको पत्रकारसँगको छलफलमा उनले भने, ‘म सीमाको विषयमा एकदम कडा छु। हामी अमेरिकाको सीमामा धेरै दृढ़ छौ। मानिसहरु हाम्रो देशमा कानुनी हिसाबले आउन, अवैध तरिकाले हैन। म चाहान्छु कि मानिस यहाँ योग्यताको आधारमा आउँन।’
”म चाहान्छु कि धेरै मानिस अमेरिका आउँन। हाम्रो देशमा फेरी राम्रा कम्पनी आउँदै छन्। हामीलाई मद्दत गर्नुहोस। यस्तो पछिल्लो ३५ सालमा भएको छैन। हामीसँग फक्सकन जस्ता कम्पनी छन्, जो विस्कन्सिनमा ठुलो मात्रामा प्लान्ट लगाउन गहिरहेका छौ।’ उनले भने।