रणवीर सिंह र दीपिका पादुकोणको बिबाहको पहिलो तस्बिर सार्वजनिक

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिबाहको तस्बिर पहिलो पटक सामाजिक संजाल मार्फत सार्बजनिक भएको। छसिन्धी रिवाजमा भएको विवाहको फोटोमा रणवीरले गोल्डेन शेरवानी लगाएका छन्। दीपिकाले पनि गोल्डेन रङको रातो कपडा लगाएकी छन्। उनीहरुको वेडिङ आउटफिट सब्यसाची डिजाइन गरिएको छ। यो फोटोमा दुवैले भारी मात्रामा गरगहना लगाएका छन्।

तर कोंकणी परम्परा अनुसार भएको विवाहको फोटो भने निकै रमाइलो छ। रणवीरले यो फोटोमा सुनका गहना लगाएका छन्। निधारमा मोतीको माला लगाएका छन्।

विवाहपछि रणवीरका बुवा जगजीत सिंह भवनानीले विशेष तयारीका साथ बुहारी दीपिकाको स्वागत गरेका थिए। उनले दीपिकालाई स्वागत गर्दै भने–यी दिवानी त भवनानी भइन्।’

१८ नोभेम्बरमा रणवीर र दीपिका भारत फर्किने कार्यक्रम रहेको छ। उनीहरुको पहिलो रिसेप्शन २१ नोभेम्बरमा बेंगलुरुमा हुनेछ। अर्को रिशेप्शन मुम्बईमा २८ नोभेम्बरमा हुने र उक्त रिशेप्शनमा बलिउडका सबै जसो हस्ती सहभागी हुने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू