लगातार एउटै आसनमा बस्दा हुन्सक्छ यस्तो खतरा !

मनिषा थापा

एजेन्सी  :  यदि तपाई कुनै बसेर काम गर्ने पेशामा आबद्ध हुनुहुन्छ भने तपाई सावधान हुनुहोस् । एउटा शोधको अनुसार दुई घण्टा वा त्यो भन्दा धेरै समय एउटै आसनमा बसिरहनाले असमायिक मृत्यु हुने जोखिम बढ्छ ।

आराम गर्नका लागि बस्नु उपयुक्त मानिन्छ तर सधै बसिरहनु भने हानिकारक मानिन्छ ।

यदि कामको दौरान बस्नु पर्नेछ भने पनि तपाईले आफ्नो आसन बदल्नुहोस् । यदि यसो गर्नु भएन भने तपाई रोगको चपेटमा आउन सक्नुहुन्छ ।

जीवनशैलीमा परिवर्तन ल्याउनका लागि खानपान र कार्यशैलीमा पनि परिवर्तन आउन अवश्यक छ ।

लामो समयसम्म एकै आसनमा बस्नाले पिठ्युको मांसपेशी र ढाडको हड्डीमा भारी दबाब पर्नसक्छ । यसबाहेक बांगो भएर बस्नाले ढाडको हड्डीको जोड खराब हुनसक्छ र ढाडको हाडको डिस्क पिठ्यु र गर्दनको पीडाको कारण बन्नसक्छ ।

शोधको अनुसार लगातार कुर्सीमा बसिरहनाले विभिन्न बिमारीका कारण मृत्युको खतरा २७ प्रतिशत बढ्छ र टेलिभिजन देख्दा हुने बिमारीबाट मृत्यु हुने खतरा १९ प्रतिसतसम्म हुन्छ ।

यदि तपाई शारीरिक श्रम नगरी कार्यालयमा बसेर काम गर्नुहुन्छ भने तपाईका लागि यो अझ महत्वपूर्ण छ । कार्यलयमा कामकाजको दौरान चार पाँच घण्टा लगातार एउटै आसनमा बसेर काम गर्नुहुन्छ भने यसले तपाईको कम्मर दुख्ने विमारी हुनसक्छ । यसकारण बस्ने आसन र शारीरिक गतिविधिमा पर्याप्त ध्यान दिन आवश्यक छ।

विश्वका करिब बीस प्रतिशत युवाहरुलाई १६ देखि ३४ वर्षको आयुबीचमा कम्मर र पिठ्युको हड्डीको समस्या देखिएको छ।

प्रतिक्रिया