विकास गर्न सरकार प्रतिबद्ध: मन्त्री अधिकारी

admin

दोलखा २ मङ्सिर : संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले नयाँ सरकार बनेपछि बाह्य पर्यटक विगतको वर्षमाभन्दा २४ प्रतिशतले वृद्धि भएको बताउनुभएको छ । उहाँले नागरिकले प्रत्यक्षरुपमा देखिने विकास गर्न सरकार लागिपरेको बताउनुभएको छ । ।

सदरमुकाम चरिकोटमा राष्ट्रिय विभूती शङ्खधर साख्वाको शालिक अनावरण गर्न आइपुग्नुभएका मन्त्री अधिकारीले सन् २०१९ सम्ममा विश्वको पाँचौ गन्तब्यस्थल काठमाडाँैलाई बनाउन सरकार लागि रहेकोछ भन्नुभयो ।

शालिक निर्माण उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा सांसद पार्वत गुरुङ, प्रदेशसभा सदस्य पशुपति चौलागार्इं, नेपाली काङ्गे्रसका नेता ईश्वरनारायण मानन्धर, नगरप्रमुख भरत केसीले राष्ट्रिय विभूति शङ्खधर साख्वाका विविध पक्षबारे प्रकाश पार्नुभएको थियो ।
-रासस

प्रतिक्रिया