विवाहित महिलाले प्रयोग नगर्नुहोस यस्ता सिन्दुर, पतिको हरेक काममा आउनसक्छ बाधा !

रिता घिसिंग

एजेन्सी : हरेक विवाहित महिलाहरुले सिन्दुर लगाउनु अघि शास्त्रमा उल्लेख गरिएका नियमहरुमा ध्यान दिन आवश्यक हुन्छ। अन्यथा उनको पतिको धनसम्पती नास हुनुको साथै जीवनमा ठूलो आर्थिक संकटको सामना गर्नुपर्ने हुन्छ। महिलाले सिन्दुर लगाऊँदा यी कुराहरुमा ध्यान नदिए विभिन्न समस्याहरु निम्तिन सक्छ :

१. अन्य महिलाको सिन्दुर आफ्नो सिउँदोमा लगाउनु हुँदैन। यसो गर्दा जीवनमा धेरै समस्याहरुको सामना गर्नुपर्ने हुन्छ र जीवनमा सोचे आनुसार सफलता हँसिल गर्न नसकिने मान्यता रहेको छ।

२. आफू वा आफ्नो पति बाहेक अन्य व्यक्तिले किनेर ल्याएको सिन्दुर लगाउने गर्नु हुँदैन।अन्य व्यक्तिले किनेर ल्याएको सिन्दुर लगाउनु ठूलो भूल हुनेगर्छ जसले तपाईको पतिलाई समेत नकारात्मक प्रभाव पुर्याउने गर्छ भने उसले आर्जन गरेको सम्पूर्ण धन नष्ट हुँदै जाने र जीवनमा ठूलो आर्थिक संकटले घेर्ने विश्वास रहेको छ।

३. अन्य कुनै व्यक्तिले उपहार दिएको सिन्दुर उसको मनमा चोट नपुगोस भनेर राख्नु अलग कुरा रहन्छ तर यस्तो सिन्दुर लगाउनु हुँदैन। तपाईले लगाउने सिन्दुरसँग पतिको प्रत्यक्ष सम्बन्ध रहने भएकाले पतिको समेत हरेक काममा अवरोध आउने गर्छ।

प्रतिक्रिया