वि.सं. २०७५ आश्विन २६ गते शुक्रबारको राशिफल हेर्नुहोस्

admin

वि.सं. २०७५ आश्विन २६ गते शुक्रबार तदनुसार ई. सं. २०१८ अक्टोबर १२ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०२ बजे र सूर्यास्त : साँझ ०५:३७ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५३ बजे र सूर्यास्त : साँझ ०५:२९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०८ बजे र सूर्यास्त : साँझ ०५:४१ बजे, आश्विन शुक्लपक्षको तृतीया तिथि, बिहान ०६:५२ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, विशाखा नक्षत्र, दिउँसो ०१:०७ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, चन्द्रमा तुला राशिमा, बिहान ०६:५३ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा, प्रीति योग, दिउँसो ११:३२ बजेसम्म, त्यसपछि आयुष्मान् योग, गर करण, बेलुका ०७:०१ बजेसम्म त्यसपछि वणिज करण, आनन्दादि योग : मात्तङ्ग, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : आग्नेय, वारशूल : पश्चिम, आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत चन्द्रघण्टा भगवतीको पूजा आराधना गर्ने दिन, आजको मूहुर्त : दीक्षाग्रहण,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रातःकाल थोरै अनुकुल देखिए पनि समग्र दिन प्रतिकुल देखिन्छ । गरेका कामले पूर्णता पाउने छैन । लेनदेनका कुराले पिरोल्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्ने देखिन्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –व्यापारबाट सामान्य लाभ हुनेछ । नयाँ कामको सम्भावना देखिन्छ । साझेदारी कामको लागि प्रस्ताव आउन सक्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सुख,शान्ति मिल्नेछ । विदेश यात्राको योग देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – कार्य सम्पादनमा कठिनाई आउन सक्छ,धैर्यतापूर्वक काम गर्नु होला । आज गरेका काम सफल हुनेछन् । मुद्धा मामिलामा विजय हात लाग्नेछ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)– अन्योलता बढ्न सक्छ भ्रमलाई चिरेर अगाडि बढ्नु होला । यात्रामा कष्ट हुने देखिन्छ । अरुको भरोसामा मात्रै काम नगर्नु होला । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापारबाट सोचे जस्तो लाभ हुने छैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)– पारिवारिक भेटघाट बढ्नेछ । काम गर्ने जोश,जागर घट्न सक्छ । लगनशिल भई काम गर्नु भएको खण्डमा थोरै भए पनि सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–समय बलवान देखिन्छ । गरेका अधिकाँश काम सफल हुनेछ । जस्ता सुकै समस्या आए पनि खेल्न सकिनेछ, समाधान हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । आफन्तजनको सहयोग पाईने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – प्रयत्न गरेमा काममा सफल मिल्नेछ । समयमा सचेत हुनु आवस्यक छ । आर्थिक कारोवार गर्दा होशियार रहनु होला । घरमा सुख शान्ति कम मिल्नेछ । आम्दानी खर्चको सन्तुलन कायम रहनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)– मन वचन र कर्मले लाग्नु होला अवस्य सफल हुनुहुनेछ । उत्तम आसन र भोजन प्राप्तिको योग देखिन्छ । साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–काम गर्ने बातावरण भत्किनेछ । काम काजमा विभिन्न खालका अवरोध आउने छन् । विश्वास गरेकाले धोका दिने छन् । आर्थिक पक्ष दुर्वल बन्नेछ । गलत विचार बढ्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)– गोचरबाट दिन अनुकुल नै देखिन्छ । पराक्रम बढ्नेछ । नसोचेका ठाँउबाट धन आउनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । जीवन साथीको सहयोगमा आर्थिक उन्नति हुनेछ । मान्य जनको आशिर्वाद मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आत्मविश्वास बढ्नेछ । लगनशिल भई काममा लाग्नु होला । विगतमा देखिएका समस्याहरु समाधान भएर जानेछन् । विरोधी आफै गलित हुनेछन् । सहयोगी मन भेटिने छन् । परिश्रमको फल राम्रो निस्कनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – समयमा सामान्य सुधार आउनेछ । उपलब्धिका काम कम हुनेछन् भने सहयोगी काम बढि हुनेछन् । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । परिवारजनको सहयोग थोरै मिल्ने देखिन्छ । गलत विचारको अन्त्य हुनेछ ।

प्रतिक्रिया