वि.सं. २०७५ आश्विन २७ गते शनिबारको राशिफल हेर्नुहोस

admin

वि.सं. २०७५ आश्विन २७ गते शनिबार तदनुसार ई. सं. २०१८ अक्टोबर १३ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०५:३५ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५४ बजे र सूर्यास्त : साँझ ०५:२८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०८ बजे र सूर्यास्त : साँझ ०५:४० बजे, आश्विन शुक्लपक्षको चतुर्थी तिथि, बिहान ०७:०७ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, अनुराधा नक्षत्र, दिउँसो ०२:०६ बजेसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), आयुष्मान् योग, दिउँसो १०:४१ बजेसम्म, त्यसपछि सौभाग्य योग, विष्टि (भद्रा) करण, बेलुका ०७:३० बजेसम्म त्यसपछि बब करण, आनन्दादि योग : अमृत, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : नैऋत्य, वारशूल : पूर्व, आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत कूष्माण्ड भगवतीको पूजा आराधना गर्ने दिन, उपांग ललिता व्रत, आजको मूहुर्त : अग्निवास(होमादि),

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – घर परिवारको चिन्ताले छोड्ने छैन । घरमा बस्न मन लाग्ने छैन । सोचाईको विपरित काम हुदा मानसिक तनाव बढ्नेछ। खर्चमा वृद्धि हुन सक्छ । व्यापार व्यवसायमा गिरावट आउने देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)– सामान्यतया दिन अनुकुल नै देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । जीवन साथिको सहयोगमा काम बन्न्छन् । विवादित कामको टुङ्गो लाग्नेछ । यात्राको योग देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – गतिरोधको अन्त्य हुनेछ । अनावस्यक खर्चमा थोरै नियन्त्रण आउनेछ । व्यापार व्यवसायमा देखिएका समस्या पनि दुर भएर जाने छन् । काम गर्ने जोश जागर पनि बढ्ने छ । आय बढ्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)– दिन उत्साहावद्र्धक नै देखिन्छ । विगतमा पुरा गर्न नसकेका काम आज पुरा हुने छन् । आफन्तबाट सहयोग पाईने छ । पराक्रम पनि बढ्ने छ । व्यापार व्यवसायबाट आम्दानी बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)– भाग्यमा अवरोध आउनेछ । राज्यसँग सरोकार रहेका काममा झन्झट आउन सक्छ । आफ्नो इज्जत प्रतिष्ठमा आच आउन सक्ने हुदा काम गर्दा चनाखो रहनु होला । तनाव बढ्ने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – बन्न लागेका काम पनि विग्रिन सक्छन्,समयमा नै होशियार रहनु होला । व्यापार व्यवसायमा गिरावट आउने छ । मानसिक तनाव बढ्ने छ । व्यय मार्ग प्रशस्त खुल्ने छन्,मुठ्ठि कस्नु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)– नयाँ कामको अवसर आउने छ । प्रेमिकाबाट सहयोग पाईनेछ । बैदेशिक मार्ग खुल्ने छन्,यात्राको सम्भावना पनि देखिन्छ । देश,देशान्तरका उद्योग धन्दा बन्द व्यापारबाट आम्दानी बढ्ने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)– काम गरेर जश पाईने छैन । काम गर्दा गोपनियता भङ्ग नगर्नु होला । उच्चमनोबलका साथ गरेका काम सफल हुने छन् । काम गर्दा अरुको मुख नताक्नु होला । सुख,शान्ति मिल्ने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)– विचारको खडेरी पर्न सक्छ । अन्योलता बढ्ने छ । समयमा निर्णय लिन नसक्दा अवसरबाट वञ्चित हुने अवस्था आउन सक्छ । वैराग्यता पनि बढ्ने छ । व्यापारमा गिरावट आउने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–गरेका काम सफल हुनेछन् । आफन्तको सहयोगमा आम्दानीका नयाँ मार्गहरु खुल्नेछन् । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – काम गर्ने उत्साहा बढ्नेछ । विरोधी पानी हुनेछन्,मुद्धा मामिलामा जीत हुनेछ । व्यापार व्यवसायबाट आम्दानी थोरै भए पनि बढ्नेछ । काम गर्दा दाम हात पर्नेछ । पढाई लेखाईमा चासो बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–पढाईतिर भन्दा कमाईतिर मन बढि दौडिनेछ । आर्थिक कारोवार गर्दा विचार पु¥याउनु होला । भएको संरचनालाई नविग्रिन गरि काम गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । आफन्तको सामान्य सहयोग होला ।

प्रतिक्रिया