वि.सं. २०७५ आश्विन २८ गते आइतबारको राशिफल हेर्नुहोस

admin

वि.सं. २०७५ आश्विन २८ गते आइतबार तदनुसार ई. सं. २०१८ अक्टोबर १४ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०५:३४ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५५ बजे र सूर्यास्त : साँझ ०५:२७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०९ बजे र सूर्यास्त : साँझ ०५:३९ बजे, आश्विन शुक्लपक्षको पञ्चमी तिथि, बिहान ०७:४७ बजेसम्म, त्यसपछि षष्ठी तिथि, ज्येष्ठा नक्षत्र, दिउँसो ०३:३१ बजेसम्म, त्यसपछि मूल नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा, दिउँसो ०३:३१ बजेसम्म, त्यसपछि धनु राशिमा, सौभाग्य योग, बिहान १०:०८ बजेसम्म, त्यसपछि शोभन योग, बालब करण, बेलुका ०८:२५ बजेसम्म त्यसपछि कौलव करण, आनन्दादि योग : काण, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : दक्षिण, वारशूल : पश्चिम, नक्षत्रशूल : पूर्व, आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत स्कन्दमाता भगवतीको पूजा आराधना गर्ने दिन, पचली भैरव यात्रा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)– प्रतिकुल परिस्थितिमा काम गर्नु पर्ला । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । आफन्तले धोका दिने छन् । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । मध्यान्ह पछि समयमा सामान्य सुधार आउनेछ । मानसिक तनाव घट्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)– समयमा काम नगरे विग्रिने छन् । पूर्वान्हमा गरेका काम प्राय सफल हुने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । मध्यान्ह पछि काममा अवरोध आउनेछ । खर्च बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)– विरोधिको सक्रियताले काममा अप्ठ्यारो पर्न सक्छ सजग भएर काम गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । मध्यान्ह पछिको समय बढि अनुकुल हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – समय त्यति अनुकुल देखिन्न । पारिवारिक समस्याबाट पूर्ण मुक्ति मिल्ने छैन । समयमा निर्णय लिन नसक्दा अवसरबाट बञ्चित हुने अवस्था आउन सक्छ । आवेगमा आएर कुनै निर्णय नलिनु होला । पढाईमा अवनति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –शरीरिक शिथिलता बढ्नेछ । पारिवारिक खर्च घट्ने छैन । व्यापार व्यवसायमा अवनति हुनेछ । बचाएर राखेको धन खर्च हुन सक्ने कुरालाई नकार्न सकिन्न । अरुको भर विश्वासमा मात्रै काम नगर्नु होला उपलब्धि कम हात लाग्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – मध्यान्ह पूर्व गरेका काममा आशा गरे भन्द बढि सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । अपरान्हबाट समयले कम साथ दिनेछ । काम गर्ने जोश जागर घट्नेछ । आफन्तका कारण धन खर्च हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)– समयमा क्रमिक सुधार आउनेछ । आफ्नै बाहुबलबाट आर्थिक उन्नति हुनेछ । आफ्ना कुरा आफैमा सिमित राख्नु होला । रोकिएका काम अगाडि बढ्ने छन् । अरुलाई धन दिने काम नगर्नु होला । घर बाहिर बढि आनन्द मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)– पूर्वान्हमा गरेका अधिकाँश काम सफल हुनेछन् । मध्यान्ह पछिको समय कम अनुकुल हुनेछ । दुविधामा नपरि काम गर्नु होला । आर्थिक कारोवारमा विशेष चनाखो रहनुहोला । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)– मध्यान्ह पूर्वको समय त्यति अनुकुल देखिन्न । नयाँ काममा हात नहाल्नु होला । व्यापारमा घाटा हुनेछ । व्यर्थको घुमाई फिराई बढि होला । अपरान्हबाट समयले साथ दिनेछ । काममा सुधार आउनेछ । तनाव कम हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)– समयको सदुपयोग गर्नु होला । अपरान्ह पूर्वको समय अनुकुल नै देखिन्छ । जीवन साथीको सहयोगमा काम गर्नु होला । उप्रान्त काममा अवरोध आउनेछ । व्यापारमा गिरावट आउनेछ । विश्वास गरेकाले धोका दिन सक्छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–ग्रह,गोचरबाट समय अनुकुल नै देखिन्छ । काममा देखिएका समस्या हटेर जानेछन् । धेरै काम सजिलै बन्नेछन् । मन भने चञ्चल हुनेछ । नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ । विरोधीका कारण लाभान्वित हुनुहुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)– समयको गति सगै कामा सुधार आउनेछ । मानसिक तनावमा कमी आउनेछ । विशेष गरेर मध्यान्ह पछिको समयले बढि साथ दिनेछ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । सहयोग मिल्नेछ ।

प्रतिक्रिया