वि.सं. २०७५ आश्विन ३१ गते बुधबारको राशिफल हेर्नुहोस

admin

वि.सं. २०७५ आश्विन ३१ गते बुधबार तदनुसार ई. सं. २०१८ अक्टोबर १७ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०५ बजे र सूर्यास्त : साँझ ०५:३१ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५६ बजे र सूर्यास्त : साँझ ०५:२४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:११ बजे र सूर्यास्त : साँझ ०५:३६ बजे, आश्विन शुक्लपक्षको अष्टमी तिथि, दिउँसो १२:३१ बजेसम्म, त्यसपछि नवमी तिथि, उत्तराषाढा नक्षत्र, बेलुका १०:०८ बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त), सुकर्मा योग, दिउँसो १०:३६ बजेसम्म, त्यसपछि धृति योग, बब करण, दिउँसो १२:३१ बजेसम्म त्यसपछि बालब करण, आनन्दादि योग : वज्र, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : ईशान, वारशूल : उत्तर, आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत महागौरी भगवतीको पूजा आराधना गर्ने दिन, बुधाष्टमी व्रत, गोरखकाली पूजा, महाष्टमी, कालरात्री, कुलक्षिभ्वय

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत सिद्धिरात्री भगवतीको पूजा आराधना गर्ने दिन, कार्तिक संक्रान्ति, महानवमी, मन्वादि, बौद्धावतार, स्याक्वट्याक्व, ०२ गते : विजया दशमी, नवरात्रअन्तर्गत अपराजिता भगवतीको पूजा आराधना गर्ने दिन, दशैंको टीका, देवी विसर्जन, शमी दर्शन, खड्गयात्रा, चाँल, ०३ गते : पापांकुशा एकादशी व्रत, अन्नपूर्णा यात्रा, असँचाल,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : समयले साथ दिनेछ,लगनशिलता बढाउनु होला । रोकिएका काम अगाडि बढ्ने छन् । नयाँ कामको अवसर आउन सक्छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ सम्भावना देखिने छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : समयले पूर्ण साथ दिने देखिन्न । बाह्य काममा समय बढि खर्च हुनेछ । गरेका धेरै जसो काम अधुरा रहने छन् । गुमेको आस्था र विश्वास थोरै पलाउने छ । उपकारी काम हुनसक्छन् । यात्रा हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : दिन प्रतिकुल बन्दै छ काम गर्दा होशियार भएर गर्नु होला । दैनिक काम काजमा अवरोध आउने देखिन्छ । जोखिम मोलेर कुनै काम नगर्नु होला । खानपान आहार विहारका कारण स्वास्थ्यमा समस्या आउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : विचारमा परिवर्तन आउनेछ । नयाँ नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । कार्य लगनशिलता बढ्नेछ । पारिवारिक सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । व्यापार व्यवसायमा सुधार आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : बादविबाद मुद्धा मामिलामा जीत हुनेछ । प्रतिश्पर्धाबाट टाढा नभाग्नु होला । प्रयत्न नगरि कुनै काम बन्ने छैनन् । मेहनतको फल भने मिल्नेछ । सवैलाई आफ्नो ठानेर काम नगर्नु होला धोका हुनसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : निणर्य क्षमतामा ह्रास आउन सक्छ जसका कारण कामबाट फाइदा लिन सकिने छैन । यात्रामा कठिनाइ उत्पन्न हुनसक्छ । काम गर्दा सन्तुलन राखेर गर्नु होला । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : घरयासी समस्याबाट पीडित हुनु पर्नेछ । अनावस्यक झन्झट आइलाग्ने छन् । भौतिक सम्पति चोरी, हराउन वा नास हुनसक्छ । शारीरिक शिथिलता बढ्ने देखिन्छ । अरुको काम गरेर जश पाईने छैन ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : काम गर्ने जोश जागर बढ्नेछ । मनमा उत्साहा बढ्ला । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ र गरेका कामबाट लाभ लिन सकिनेछ । व्यापारबाट आम्दानी बढ्नेछ । अरुलाई धन दिने काम नगर्नु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : आफुले सोचे जस्तो दिन छैन ,ऋण लगानी गर्दा विचार पु¥याउनु होला । आफन्तको धेरै भर नपर्नु होला धोका हुनसक्छ । प्रयत्नपूर्वक गरेका काम भने सफल हुनेछन् । धन सम्पति चोरी हुनसक्छ सतर्क रहनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । काममा देखिएका समस्या कम भएर जाने छन् । कार्य क्षमता बढ्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । आम्दानी बढ्नेछ । व्यवहारिक सहयोग खासै मिल्ने छैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : दिन प्रतिकुल बन्दै छ जोखिम मोलेर काम नगर्नु होला । अनावस्यक काममा समय खर्च हुनेछ । व्यापारमा घाटा हुने देखिन्छ । विना उपलब्धिका काममा धन खर्च हुनेछ । चोटपटक आदिको भय देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : काम गर्ने उत्साहामा वृद्धि हुनेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । घर परिवारबाट सहयोग सुख शान्ति मिल्नेछ । आम्दानीका नयाँ स्रोत देखा पर्ने छन् । व्यापार व्यवसायबाट राम्रै आम्दानी हुनेछ ।

प्रतिक्रिया