वि.सं. २०७५ कार्तिक ०४ गते आइतबारको राशिफल हेर्नुहोस

admin

वि.सं. २०७५ कार्तिक ०४ गते आइतबार तदनुसार ई. सं. २०१८ अक्टोबर २१ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०७ बजे र सूर्यास्त : साँझ ०५:२७ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५९ बजे र सूर्यास्त : साँझ ०५:२१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१३ बजे र सूर्यास्त : साँझ ०५:३२ बजे, आश्विन शुक्लपक्षको द्वादशी तिथि, बेलुका ०८:१२ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, पूर्वाभाद्रा नक्षत्र, (अहोरात्र व्याप्त) चन्द्रमा कुम्भ राशिमा, मध्यरात्रीपछि ०१:०५ बजेसम्म, त्यसपछि मीन राशिमा, बृद्धि योग, दिउँसो १२:२६ बजेसम्म, त्यसपछि ध्रुव योग, बब करण, बेलुका ०८:१२ बजेसम्म त्यसपछि बालब करण, आनन्दादि योग : चर, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : नैऋत्य, वारशूल : पश्चिम, नक्षत्रशूल : दक्षिण, आजको चाडपर्व र उत्सव : त्रिपुष्कर योग बिहान ०५ बजृर ३६ मिनेटदेखि बेलुका ०८ बजेर ११ मिनेटसम्म

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : सोमप्रदोष व्रत, अर्घाखाँची सराय पर्व, ०६ गते : अखिल बलिपूर्ति, ०७ गते : पूर्णिमा व्रत, कोजाग्रत व्रत, कार्तिक स्नान र आकाश दीपदानको आरम्भ, योसिमितवियगु, कत्ति पुह्नि, रास महोत्सव (कृष्णप्रणामी), संयुक्त राष्ट्रसंघ दिवस,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समय अनुकुल देखिन्छ काममा ढिला सुस्ति नगरि अगाडि बढ्नु होला । राज्यसँग सम्बन्धित काममा सामान्य समस्या आउन सक्छ । नोकरीमा जिम्मेवारी बढ्नेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । आफन्तको सामान्य सहयोग मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कार्य क्षमता बढ्नेछ । कला साहित्यमा अभिरुची बढ्नेछ । गरेका काम कुशलता पूर्वक सम्पन्न हुनेछन् । पढाई लेखाईमा सामान्य प्रगति हुनसक्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवार भाई बन्धुको सहयोग मिल्नेछ । लगानीबाट फाइदा हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ने अवस्था आउन सक्छ । तर समय भने सुधारोन्मुख देखिन्छ । बाह्य सम्बन्धमा सुधार आउनेछ । घरडेराको समस्या पर्न सक्छ । सवैलाई आफन्त ठान्नु गलत हुनसक्छ । आर्थिक मामलामा आफन्त नभन्नु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गलत विचार बढ्नेछ । आत्मविश्वास घट्नेछ । अनुत्पादक खर्च बढ्नेछ । विश्वास गरेकाले धोका दिने देखिन्छ । स्वास्थ्यले पनि कम साथ दिनेछ । उच्च रक्तचाप बढ्न सक्छ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । विवाद बढ्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्य अनुकुल देखिन्छ । समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । लोभ मोह बढ्नेछ । वैदेशिक काममा आंशिक सफलता मिल्नेछ । पारिवारिक सहयोग थोरै मिल्नेछ । व्यापारबाट सामान्य आम्दानी हुनेछ । यात्राको योग मेटिएको छैन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहज रुपमा काम गर्ने वातावरण मिल्ने छैन । मनमा दुविधा बढ्न सक्छ । पठन पाठनमा प्रगतिको सम्भावना क्षीण देखिन्छ । मित्रहरुको सहयोग त्यति मिल्ने छैन । घर परिवारिका समस्याले छोड्ने छैन । घर डेराको समस्या पर्न सक्छ । विरोधी सक्रिय हुनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शारीरिक एवं मानसिक थकान बढि हुनेछ । वैराग्यता त्यागेर काम गर्नु होला । धन सम्पतिको विषयलाई लिएर विवाद पर्न सक्छ । काम गरेर जश पाइने छैन । दैनिक काम काजमा अवरोध आउनेछ । घरयासी समस्या बढ्नेछ । व्यापारमा अवनति हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काम गर्ने वातावरण मिलएर अगाडि बढ्नुहोला । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । घर परिवार साथी भाई इष्टमित्रबाट सहयोग पाईनेछ । काम गरेर मनग्य धन कमाउने अवर मिल्नेछ । आस्था र विश्वास बढ्नेछ । कार्य लगनशिलता बढाउनु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिनको अधिकाँश समय अनुकुल जस्तै देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । पढाई लेखाईमा प्रगति हुनेछ । कला सहित्यमा अभिरुची बढ्नेछ । मित्रको सहयोग पाईनेछ । वैदेशिक कामबाट लाभ हुनेछ । महिलाको सहयोग लिएर काम गर्दा बढि फाइदा हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सुधारोन्मुख देखिन्छ । कार्य लगनशिला विस्तारै बढ्नेछ । रोकिएका काम अगाडि बढ्ने छन् । रिस,अहंकार र क्रोध नियन्त्रण गरेर काम गर्नु होला । मिलेर कुनै पनि काम नगर्नु होला । आएको अवसरको सदुपयोग गर्न सके धेरै उपलब्धि हात लाग्नेछ । आत्म विश्वास बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामान्यतया ग्रह गोचर अनुकुल देखिन्छ । समयमा गरेका काम सफल हुनेछन् । बाह्य सम्बन्ध राम्रो बन्ने छैन । राजनैतिक व्यक्तिको भर परेर कुनै काम नगर्न होला धोका हुनसक्छ । योजना बनाएर काम गर्नु होला । व्यापारबाट आम्दानी हुनेछ । आर्थिक कारोवार गर्दा एकपटक सोचेर गर्नु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज पनि समयले त्यति साथ दिने देखिन्न । प्रतिकुल बातावरणमा काम गर्नु पर्ला । नयाँ काममा हात नहाल्नु होला । व्यापारमा लगानी नबढाउनु होला । उधारो कारोवार गर्दा पछि उठाउन गाह्रो हुनेछ । अनुत्पादक खर्चमा वृद्धि हुनेछ । विश्वास र भरोसा टुट्न सक्छ ।

प्रतिक्रिया