वि.सं. २०७५ कार्तिक २४ गते शनिबार हेर्नुहोस

शर्मिला गुरुङ

वि.सं. २०७५ कार्तिक २४ गते शनिबार तदनुसार ई. सं. २०१८ नोभेम्बर १० तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३९, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:२२ बजे र सूर्यास्त : साँझ ०५:१२ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:१२ बजे र सूर्यास्त : साँझ ०५:०६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२८ बजे र सूर्यास्त : साँझ ०५:१७ बजे, कार्तिक शुक्लपक्षको तृतीया तिथि, बेलुका १०:१६ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, ज्येष्ठा नक्षत्र, बेलुका १०:५८ बजेसम्म, त्यसपछि मूल नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा, बेलुका १०:५८ बजेसम्म, त्यसपछि धनु राशिमा, अतिगण्ड योग, साँझ ०४:२८ बजेसम्म, त्यसपछि सुकर्मा योग, तैतिल करण, बेलुका १०:१६ बजेसम्म त्यसपछि गर करण, आनन्दादि योग : मुसल, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : आग्नेय, वारशूल : पूर्व, नक्षत्रशूल : पूर्व,

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : फाल्गुनन्द जयन्ती २७ गते : छठ पर्व, डाला पूजा,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थका क्षेत्रमा बिशेष सजग रहनु पर्ने समय रहेकोछ । बिश्वासिला ब्यत्तिहरु बाट धोका हुन सक्नेछ । भोज भतेरमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । आफ्न्तजन बिच सामान्य बादबिवादको सम्भावना रहेकोछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहनेछ । तपाईको कार्यशैलिका कारण अपरीचित ब्यत्ति समेत प्रभाबित रहनेछन । जिवन साथीको सहयोगमा अधुरा कार्यहरु सहजता पूर्ण सम्पादित रहनेछन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नेत्र सम्बन्धी समस्याले सताउन सक्नेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य क्षेत्रमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ । परोपकारीता जन्य कार्यमा समय ब्यतित रहनेछ । सामान्य आर्थीक अभावको सामना गर्नु पर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मानसिक चन्चलताका कारण अध्यन अध्यापन क्षेत्र प्रभाबित रहनेछ । आर्थीक क्षेत्रभने उत्तम रहनेछ । बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा अधुरा कार्य हरु सम्पादित रहनेछन । मित्रजनहरु बिचको भेटघाटले मन हर्षित तुल्याउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सामान्य अप्रिय समाचारका कारण मन चन्चल रहला । सवारीसाधनको प्रयोगमा बिशेष सावधान रहनु होला । सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ । मित्रजन तथा दाजुभाई हरुको सम्बन्धमा प्रगाढता छाउनेछ । बल तथा पराक्रममा बृद्धिहुने समय रहेकोछ । अध्यन अध्यापनमा समय त्यति उत्तम नरहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम रहला । भोज भतेर जन्य कार्यमा सहभागीताको अवसर जुट्नेछ । वाणीमा मधुरता छाउनेछ । आफन्तजनहरुको स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बिश्वासिला ब्यत्तिहरु बाट धोका हुन सक्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मानसम्मान प्राप्तीको योग रहेकोछ । पारीवारिक सम्बन्धमा सामान्य मनमुटाव रहन सक्नेछ । ब्यापार ब्यसायमा समय मध्यम रहनेछ । नयाँ कार्यथालनीको सम्भाबना रहेकोछ । खुशिको खवर प्राप्त हुनाले मन प्रशन्न हुन सक्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफन्तजनहरु बिच सामान्य मनमुटाबको सम्भाबना रहेकोछ । गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुनाले आर्थीक क्षेत्र समेत प्रभाबित रहन सक्नेछ । शत्रुपक्ष सवल रहलान । भोग बिलासका क्षेत्रमा समय ब्यतित रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्यआर्जनका निम्ती बिभिन्न श्रोतहरु फेला पर्नेछन । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा नयाँ कार्य हरु सन्चालन हुनेछन । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । स्थानतरणको सम्भावना रहेकोछ । सभासम्मेलनजन्य कार्यमा समय ब्यतित रहनेछ । सामान्य कार्य सम्पादन गर्न अधिक समय ब्यतित गर्नु पर्ने योग रहेकोछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यत्तित्व हरुलाई प्राप्त रहनाले मन संकुचित रहनेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ । मान्य जनहरुको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । आम्दानिका श्रोतहरु प्रशस्त प्राप्त रहनेछन ।

प्रतिक्रिया