शुभद्राको श्रीमानसँग डिभोर्स हुने भएपछि भावुक हुदै भन्छिन, ‘अदालतमा बुझाउने पैसा समेत छैन'[हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  शारीरिक रुपमा अशक्त तर कला र गलाकी धनी गायिका शुभद्रा पौडेल अहिले निकै पिडामा छिन्। उनका श्रीमानले उनलाई डिभोर्स दिने निर्णय गरेका छन्। उनको इच्छा विपरित गएर उनका श्रीमानले सम्बन्ध विच्छेद गर्न लागेका हुन्।

शुभद्राका श्रीमान सपाङ्ग हुन्। मायाप्रेम बसेर नै उनीहरु विवाह बन्धनमा बधिएका थिए। विवाह अघि उनको श्रीमानले अपाङ्ग भनेर थाहाँ भएर पनि विवाह गरेका हुन्। विवाह भएको केहि वर्षसम्म उनीहरुको सम्बन्ध सुमधुर नै रह्यो। तर केहि वर्ष पछिको सुमधुर सम्बन्ध दिनप्रतिदिन विग्रिदै गयो। अचानक शुभद्राका श्रीमानले डिभोर्स दिन भने। तर उनले मानिनन्। उनको एक सन्तान पनि छन्। उनी भावुक हुदै भन्छिन, ”अहिले श्रीमानले यसरी छोड्दा अपाङ्ग हुनु नै मेरो दोष रहेछ जस्तो लाग्छ।”

डिभोर्स नदिएकै कारण उनलाई उनको श्रीमानले थुप्रै दवावहरु दिन थाले। रासनपानी बन्द गरिदिए, कोठाभाडा तिरिदिएनन्। तर पनि उनले हरेश खाइनन्। उनले आफै काम गरेर आफ्नो जिविको पार्जन गर्न थालिन्। उनका श्रीमान र उनी अलग्गिएर बसेको ३ वर्ष भईसकेको छ। श्रीमानका परिवार पनि उनीहरुको वैवाहिक सम्बन्धको विरुद्ध रहेको उनको गुनासो छ।

शुभद्राका श्रीमानले डिभोर्स दिन लगाउन यतिसम्म दवाव दिए कि बयान गरेर साद्दे छैन। उनको छोरालाई समेत आमाको बारेमा नकारात्मक कुरा गरिरहने गरेको बताइन । तर उनको छोराले भने उनलाई धेरै माया गरेको उनको भनाई छ ।

शुभाद्राका श्रीमानले  पटक-पटक छोटपत्रको लागि अदालतमा निवेदन पेश गरिरहेका छन्। शुभद्रालाई नचाहादा नचाहादै अदालत पुग्न बाध्य बनाइयो। शुभद्रा भावुक हुदै भन्छिन, ‘अहिले मसंग अदालत धाउने रकम पनि छैन। छोटपत्र दिएपछि श्रीमान अर्को विवाह गर्ने तयारीमा छन्।’ उनको आर्थिक अबस्था पनि निकै कमजोर रहेको छ। उसलाई सहयोगको ठुलो खाचो छ। उनले सहयोगी मनहरुलाई सकेको सहयोग गर्न अपिल पनि गरेकी छिन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू