श्रम कार्यालयमा सेवाग्राहीलाई दुःख दिने तीन जना विचौलिया पक्राउ

admin

काठमाडौँ, ३० कात्तिक: ताहचलस्थित श्रम कार्यालयमा सेवाग्राहीलाई दुःख दिने तीन जना विचौलिया आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङका २४ वर्षीय रोशन शिवाकोटी, झापाका ४५ वर्षीय हितबहादुर धिमाल र काठमाडौँका २२ वर्षीय ऋषि मोक्तान रहेका छन् ।

विभिन्न बहानामा सेवाग्राहीलाई दुःख दिएको आरोपमा पक्राउ गरेको नेपाल प्रहरी केन्द्रीय कार्यालयका प्रवक्ता उत्तमराज सुवेदीले राससलाई जानकारी दिनुभयो । अनुुसन्धानका लागि उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ ।
-रासस

प्रतिक्रिया