श्रीमानले श्रीमतीको गुप्तांगमा स्टिलको गिलास हाली दिएपछि…

रिता घिसिंग

एजेन्सी : गम्भीर रुपमा घाइते भएकी एक महिला बेहोस अवस्थामा अस्पताल भर्ना भएकी थिइन्। उपचारपछि उनको होस् खुलेको छ। होसमा आउने बित्तिकै सबैलाई चकित पर्ने डरलाग्दो रहस्यको खुलासा गरेकी छिन। उनी होसमा आउनुभन्दा पहिले भनिएको घटना पूरै झुटो भएको छ । ती महिलाको गुप्तांगमा उनकै पतिले स्टिलको गिलास हालिदिएको खुलासा भएको छ । त्यसपछि उनका पतिले अञ्जान ३ जना व्यक्तिले पत्नीलाई बलात्कार गरेको झुटो कहानी सुनाइरहेका थिए ।

भारतको बिहार मुजफ्फरपुरकी ती महिलाका अनुसार उनका पतिले गुप्तांगमा गिलास हालिदिएर उनलाई तड्पिरहेको अवस्थामा छोडेर गएका थिए । त्यसपछि उनलाई आसपासका मानिसहरुले देखेर अस्पतालमा भर्ना गराएका थिए । अस्पतालमा डाक्टरहरुले अपरेशन गरेर गिलास निकाले । त्यसअघि उनका पतिले तीन जनाले बलात्कार गरेको झुटो कहाी सुनाउँदै स्थानीय, प्रहरी र मिडियालाई पनि भ्रमित पारेका थिए ।

शुक्रबार होसमा आएपछि महिलाले प्रहरीलाई दिएको बयानमा आफ्ना पतिमाथि नै आरोप लगाएपछि प्रहरीले पतिलाई पक्राउ गरेको छ । महिलाका अनुसार बुधबार साँझ उनकी बहिनी छठको प्रसाद लिएर उनलाई भेट्न आएकी थिइन् । त्यही समयमा उनका पति रिसाउँदै घरमा आए । उनलाई छुट्टै कोठामा बोलाएर कुटपिट गर्न थाले । महिलाका अनुसार उनका पतिले त्यस दिन राती करिब १० बजेतिर गिलास हालिदिएका थिए ।

सिटी एसपी राकेश कुमारका अनुसार पारिवारिक विवादका कारण महिलाका पति रामकुमार साहनीले यो घृणित कार्य गरेको खुलेको छ । उनले मिडिया र प्रहरीलाई समेत भ्रमित गरेको पाइएको छ । यसअघि उनका पतिले धानको खेतमा जम्मा गरेको धानको रखवारी गरेर बस्ने क्रममा रातमा मुखमा कपडा बाँधेर आएका ३ जनाले उनकी पत्नीलाई बलात्कार गरेका थिए । पुलिसले उनका पतिमाथि मुद्दा चलाइ थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू