श्रेया सुनारको हत्यारा पौडेल कारागार चलान

admin

पोखरा, २४ असोज : बलात्कारपछि हत्या गरेको अभियोगमा आज यहाँ एक व्यक्तिलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । पोखरा–२२ पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या गरेका कुसुम पौडेलललाई जिल्ला अदालत कास्कीले थुनामा राख्न आदेश दिएको छ । प्रहरी हिरासतमा रहेका उनलाई आजै कारागार चलान गरिएको छ । न्यायाधीश योगेन्द्रप्रसाद साहको एकल इजलासले थप अनुसन्धानका लागि सो आदेश गरेको हो ।

अदालतमा मङ्गलबार भएको थुनछेक बहसमा कुसुमले श्रेयाको बलात्कारपछि हत्या गरेको बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले कुसुमविरुद्ध जबरर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा सोमबार जिल्ला अदालतमा दर्ता गराएको थियो ।

यही असोज ८ गते पसल जाँदै गरेकी १० वर्षीया श्रेया सुनारलाई रक्सीको नशामा रहेका छिमेकी पौडेलले चकलेट किन्न पैसा दिने लोभमा बलात्कारको हर्कत गरेका थिए । श्रेयाले प्रतिकार गर्न खोज्दा झाडीमा धकेलेर ढुङ्गा प्रहार गरी हत्या गरेको कुशमले प्रहरी सामु बयान दिएका थिए । असोज १० गते हत्या आरोपमा कुसुम पक्राउ परेका थिए ।
-रासस

प्रतिक्रिया