संगीतकार बाबुकी गायिका छोरी, जो मोडलिङमा पनि गज्जबसँग जमेकी छिन् [हेर्नुहोस भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, १ मङ्सिर : हल्का हल्का, उदाउँछ जुन, वारीमा खोला पारीमा खोला लगायतका चर्चित गीतमा काम गरेकी सुन्दरी मोडल तथा गायिका हुन् शृषा कुँवर ।

मोडलिङ र गायनको यात्रालाई सँगसँगै लेजान सफल यि सुन्दरी शृषा अहिले आएर चलचित्रमा पनि अभिनय गर्दैछिन् । हाल पोखरामा छायांकन भइरहेको फिल्ममा शृषाले दयाहागं राई लगायतका चर्चित कलाकारहरुसँग पनि अभिनय गरिरहेकी छिन् । उनै शृषाले अभिनय गरेको त्यो पारी पाखामा बोलको गीत सार्वजनिक भएसँगै यसले राम्रो चर्चा परिचर्चा पाइरहेको छ ।

गायक राजेश गुरुगंको स्वर रहेको गीतमा राजेन्द्र गौतमका शब्द शृजना समावेश छन् । गायनको सुरुवातमा नै राम्रो संभावना देखाएका गायक राजेशको भिडियोमा अभिनयमा शृषालाई जीवन भट्राईले साथ दिएका छन् । जसमा देवेन्द्र नेवाको एरेन्ज रहेको छ भने गायक तथा संगीतकार तुला पर्वतले संगीत भरेका छन् ।

गीतको भिडियोलाई बासु न्यौपानेले छायांकन गरेका हुन् भने विकाश ज्ञवालीले सम्पादन गरेका हुन् । राहुल बराईलीले निर्देशन गरेको भिडियोलाई वाइड स्क्रिन मिडियाले बजार ब्यबस्थापन गरेको छ ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया