सकारात्मक कुरालाई ग्रहण गर्नुपर्छ : सभामुख महरा

admin

दाङ, २४ असोज : सभामुख कृष्णबहादुर महराले चाडपर्वले सबैलाई एकआपसमा सद्भाव बढाउने बताउनुभएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय दाङले आज घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सकारात्मक कुरालाई ग्रहण गर्नुपर्ने र नकारात्मक कुरालाई हटाउनुपर्नेमा जोड दिनुभयो ।

सभामुख महराले ईश्वरीय विद्यालयले विज्ञान, आध्यात्मिक ज्ञान र पर्यावरणलाई एकैसाथ जोड दिएको पनि बताउनुभयो । राष्ट्रियसभाका सदस्य अनिता देवकोटा, प्रदेशसभा सदस्य अम्मर डाँगी, जिल्ला समन्वय समितिका अध्यक्ष जीतेन्द्रमान नेपालीलगायतले नेपालको मौलिक चाडपर्वलाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

यसैबीच त्रिभुवन नगर जेसिजका अध्यक्ष लालमणि भण्डारीको नेतृत्वमा गएको टोलीले आज सभामुख महरासँग भेट गरी जेसिजग्रामका रुपमा विकास गर्न थालेको घोराही–१३ मौलाकोटका लागि विभिन्न योजना समेटिएको अनुरोधपत्र हस्तान्तरण गरेको छ । सो अवसरमा सभामुख महराले जेसिजग्रामको गुरुयोजना निर्माण गर्न आग्रह गर्दै मौलाकोटमा भ्यू–टावर निर्माण गर्ने, बाटो, बिजुली र विद्यालयजस्ता आधारभूत पूर्वाधार तयार पार्नका लागि स्थानीय र प्रदेश सरकारले सहकार्य गर्नुपर्ने बताउनुभयो । भेटमा अध्यक्ष भण्डारीले मौलाकोटमा अथाह सम्भावना हुँदाहुँदै पनि आधारभूत पूर्वाधारबाट बञ्चित रहेकाले यसमा सहयोग गरिदिन सभामुखलाई आग्रह गर्नुभयो ।
-रासस

प्रतिक्रिया