सन् २०११ मा भएको इजिप्टको आन्दोलन गलत : राष्ट्रपति अल-सीसी

मनिषा थापा

काएरो, इजिप्ट, २६  असोज (रासस-सिन्ह्वा)  :  इजिप्टमा तत्कालिन राष्ट्रपति होस्नी मुवारकलाई सन् २०११ मा सत्ताच्युत गरेको विद्रोह गलत रोगको निधानका लागि ‘गलत परीक्षण रिपोर्टमा चलाइएको गलत औषधी भएको’ राष्ट्रपति अब्देल फताह अल–सीसीले बताउनुभएको राज्य सञ्चालित टेलिभिजनले बिहीबार बताउनुभएको छ ।

राष्ट्रपति अल–सीसीको उक्त भनाई इजिप्टको सेनाले सन् १९७३ मा इजरायलविरुद्ध गरेको विजयको उपलक्ष्यमा गरिएको सम्बोधनका क्रममा आएको हो । इजिप्टले अक्टोबर ६ लाई राष्ट्रिय गौरबको विषयका रूपमा मनाउँदै आएको छ । उहाँले भन्नुभयो, “जनतालाई कुनै एक जनाको सट्टामा सत्तामा अर्काे व्यक्ति आउँदा बित्तिकै सबै कुरा जादुमय तरिकाले समाधान हुन्छ भन्नु गलत हो र जनतालाई यस प्रकारले विश्वास दिलाउनु गलत थियो ।”

सन् २०६७ मा सेनाबाट पराजित शक्तिले शासकलाई सत्ताच्युत गर्न जनतालाई परिचालन गर्दा अर्को पराजयको कारक बन्नुपर्ने थियो, राष्ट्रपतिले अल–सीसीले बताउनुभयो ।

सीसीले थप्नुभयो, १९७३ मा भएका युद्धहरू आत्मघाती युद्ध थिए तर इजिप्टका सेनाले यसलाई विजयमा परिणत गरे । यो हाम्रो लागि गौरबको बिषय हो ।

सन् १९७३ मा भएका युद्धका शत्रुहरू परिचित थिए तर अहिलेका शत्रुहरू अपरिचित छन् , विगत छ बर्षदेखि आतङ्कवादसँग लडिरहेको सन्दर्भलाई सङ्केत गर्दै अल–सीसीले बताउनुभयो । उहाँले सबै सरकारी अधिकारी तथा मन्त्रीहरूलाई जनताको चेतना उकास्ने काम गर्न र राष्ट्र र राष्ट्रियताका लागि लड्न पनि आव्ह्वान गर्नुभयो ।

प्रतिक्रिया