सबैलाई सहज हुने गरी प्रदेश राजधानी तोकिने

admin

मेलम्ची, २६ असोज : प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले सबैलाई सहज हुने गरी प्रदेशको राजधानी बनाइने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेलम्बुको आयोजनामा दशैँ तथा तिहारका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले हेलम्बुलाई खेलको माध्यमबाट अगाडि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री शेरबहादुर तामाङले निर्वाचनका बेला बोलेका कुरालाई पाँच वर्षभित्र पूरा गरिने बताउनुभयो । नेताहरु झम्क नेपाल, डम्बर अर्याल, दावा तामाङलगायतले पनि सम्बोधन गर्नुभएको थियो । रासस

प्रतिक्रिया