सरकारबाटै ‘रक्तस्राव’ रोक्नका लागि ‘गर्भपतन’ गराउने औषधि !

admin

काठमाडौं, कार्तिक ५ : गर्भवतीकाे रक्तस्राव रोक्न खरिद गरिने औषधिको सूचीमा सरकारले गर्भपतन गराउने औषधि राखेको छ। यसअघि प्रयोग हुने गरेको मिथायल एग्रोमेटिक ब्रान्डको मेथर्जिन (इन्जेक्सन) हटाएर मिसो मोस्टोल नामको ट्याब्लेट सूचीमा राखिएको हाे।

गर्भपतन गराउने औषधि मिसो मोस्टोलको चरम दुरुपयोग गरिएको चिकित्सकहरुको भनाइ छ। आमाको रक्तस्राब रोक्न सो औषधि प्रयोग हुँदा गर्भपतन पनि हुने डा. भोला रिजालले बताए। यसले आमाको ज्यान पनि जोखिममा पर्ने उनको भनाइ छ।

यसअघि झण्डै ५० वर्षदेखि प्रयोग भइरहेको मेथर्जिन (इन्जेक्सन) सरकारले अत्यावश्यक औषधिको सूचीबाटै हटाएको छ। भारतको नोबटिज कम्पनीले उत्पादन गर्दै आएको मेथर्जिन औषधि व्यवस्था विभागले यस वर्षबाट सूचीमा राखेको छैन। तर, विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भूलवश सूचीमा नपरेको भए सच्याउने बताएकाे समाचार नयाँ पत्रिका दैनिकमा छ।

प्रतिक्रिया