सरकारलाई गम्भीर बन्न सुझाव

रिता घिसिंग

विराटनगर, ५ कात्तिक : नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाव दिनुभयो ।

उहाँले काङ्ग्रेसको विधाननुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीति रणनीति तय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली काङ्ग्रेस पार्टीमा कुनै पनि गुट उपगुट छैन । ”
–रासस

प्रतिक्रिया